Shikhar Insurance

कक्षा १२ को परिक्षाफल सार्वजनिक, यसरी हेर्नुस् रिजल्ट

सिंहदरबार संवाददाता
२०७८ मंसिर १७, शुक्रबार ११:४९
NIMB
Nabil Bank

काठमाडौं । कक्षा १२ को रिजल्ट सार्वजनिक भएको छ । राष्ट्रिय परिक्षा बोर्डले गत असोज ८ गते सम्पन्न कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसका लागि वेभसाइटमा https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ भने एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।

भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको सो परिक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए । मंसिर १७ गते शुक्रबार बिहान सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’, ४८ हजार २३९ जनाले ‘ए’ ग्रेड, ९९ हजार ५३७ जनाले ‘बी प्लस’, ७५ हजार ८८ जनाले ‘सी प्लस’, २९६ जनाले ‘डी’ ग्रेड १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएको बोर्डले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्