मूल्य घट्दा पनि कमाउन सक्ने व्यवस्था हुँदै, सेयर सापटी लेनदेनबाट यसरी हुन्छ लाभ (प्रतिवेदन)

काठमाडौं । सेयर बजार बढेको बेलामा मात्र नभएर घटेको बेला पनि कमाउन सकिने व्यवस्था हुने भएको छ । सेयर सापटी लेनदेनसम्बन्धि व्यवस्थामार्फत् मूल्य घटेको बेला पनि कमाउन सकिने वातावरण नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले बनाउन लागेको हो । नेप्सेले अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट सम्बन्धी अध्ययन गरेको छ । अध्ययन प्रतिवेदनले सेयर सापटी लेनदेनमार्फत् घटेको बेला पनि कमाउन सकिने बाटो देखाएको हो । नेप्सेको अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट अध्ययन उपसमितिले गरेको अध्ययनले सुझाएअनुसार आवश्यक नीतिगत व्यवस्था भएपछि लगानीकर्ताले बजार वा सेयर मूल्य घट्दा पनि कमाउन सक्नेछन् । नेप्सेका प्रवक्ता मुराहरी पुराजुली नेतृत्वको उपसमितिले चैत ५ गते ‘अन्तर्दिवसीय कारोबार, धितोपत्र सापटी लेनदेन तथा अक्सन मार्केट सम्बन्धी अध्ययन प्रतिवेदन, २०७७’ तयार पारिसकेको छ । उक्त अध्ययन प्रतिवेदनले औंल्याएका विषय हाल सम्बन्धित निकायमा छलफलको क्रममा छन् । अध्ययन प्रतिवेदनले औंल्याएका विषय कार्यान्वयन भएमा बजार घट्दा पनि लगानीकर्ताले लाभ लिन सक्नेछन् । के हो सेयर सापटी लेनलेनको व्यवस्था ? आम सर्वसाधारण लगानीकर्तामा एउटा सोझो बुझाइ छ, सेयर बजार इन्डेक्स बढ्दा सेयरबाट कमाइ हुन्छ र घट्दा लगानी गुम्छ । कम्पनीको हकमा पनि यस्तै हुन्छ, मूल्य बढ्दा कमाइ हुन्छ, र घट्दा लगानी गुम्छ । यसकारण नेपाली सेयर बजारका हरेक लगानीकर्ता सेयरको मूल्य बढ्नुपर्छ भन्नेमात्र चाहना राख्छन् । तर, बजारमा यस्ता … Continue reading मूल्य घट्दा पनि कमाउन सक्ने व्यवस्था हुँदै, सेयर सापटी लेनदेनबाट यसरी हुन्छ लाभ (प्रतिवेदन)