Shikhar Insurance

हिमालयन र इन्भेष्टमेण्ट बैंकको मर्जर ‘डेडलाइन’ सकियो, मिलाएरै छाड्ने राष्ट्र बैंकको कसरत

सिंहदरबार संवाददाता
२०७८ मंसिर १९, आईतवार १५:५७
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन र इन्भेष्टमेण्ट बैंकको ‘डेडलाइन’ समाप्त भएको छ । मर्जरलाई अन्तिम रुप दिन राष्ट्र बैंकले अन्तिम मौका भन्दै दिएको समय मंसिर १९ गते आइतबार सकिएको हो ।

आपसमा मर्जरको प्रारम्भिक सहमति गरी गत वैशाख ३० गते नै राष्ट्र बैंक पुगेका हिमालयन र इन्भेष्टमेण्ट बैंकले जेठ २० गते नै सैद्धान्तिक स्वीकृत पाइसकेको थिए । मर्जर नीतिअनुसार राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृत दिएको ३ महिनाभित्रै एकीकृत कारोबारका लागि अन्तिम स्वीकृत लिनु पर्ने हुन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तर, यी बैंकहरुले सैद्धान्तिक स्वीकृत दिएको ३ महिनासम्म आवश्यक प्रक्रिया पुरा गर्न नसकेको भन्दै अन्तिम मौका दिन राष्ट्र बैंकमा आग्रह गरेपछि गत असोज १९ गते ३ महिनाका लागि समय थप भएको थियो । सोही अनुसार यी बैंकलाई केन्द्रीय बैंकले मर्जरका लागि दिएको अन्तिम मौका समाप्त भएको हो ।

वार्षिक साधारणसभा गर्न समय लाग्ने भन्दै यी बैंकहरुले राष्ट्र बैंकलाई ३ महिनाको समय माग गरेका थिए । सोही अनुसार राष्ट्र बैंकले समयमै वार्षिक साधारणसभा सम्पन गरी मर्जरलाई अन्तिम रुप दिन भनेको थियो । तर, यसबीच इन्भेष्टमेण्ट बैंकले साधारणसभा सम्पन गरेपनि हिमालयन बैंकले सभा नै बोलाएन ।

यी बैंकहरुले दिइएको समयमा प्रक्रिया पूरा गर्न नसक्नुको मनासीव कारण दिएमा १ महिना समय थप गर्न सकिने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

‘साधारणसभा गराएर मर्जर पूरा गर भनेर दिइएको समय आज सकियो । मर्जर सम्पन्न हुन्छ भन्ने यसअघिका आधार अब रहेन,’ प्रवक्ता ढकालले सिंहदरबारसँग भने, ‘मर्जरलाई अन्तिम रुप दिन्छु भन्दै मनासीव कारण देखाएर आएमा १ महिना थप गर्न सकिन्छ ।’

राष्ट्र बैंकले यी बैंकको बिग मर्जरलाई मूर्त रुप दिन बैंकहरुले गरेका आग्रह आधारमा समय थप गरिने उनले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्