Shikhar Insurance

नेपाल लाईफको गैरकानुनी धन्दाः आफ्नो भवन भाडामा लगाएर भाडा कै घरमा कार्यालय चलाउँदै

सिंहदरबार संवाददाता
२०७८ मंसिर २२, बुधबार १०:५३
NIMB
Nabil Bank

काठमाडौं । आफूलाई एक नम्बरको कम्पनी दाबी गर्ने नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय दरबारमार्गस्थित सनराइज मलमा छ । मासिक लाखौं भाडा तिरेर कम्पनीले केन्द्रिय कार्यालय चलाईरहेको कम्पनीको आफ्नै व्यवसायीक मल छ भन्ने तथ्य भने धेरैलाई जानकारी नहुन सक्छ ।

कमलपोखरीमा रहेको सीटी सेन्टरको आधा भवन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हो । आधा सीटी सेन्टर आफ्नो स्वामित्वमा रहेको कम्पनीले आफ्नै कार्यालय भने अरुकै भाडाको भवनबाट सञ्चालन गर्दै आएको छ । सीटी सेन्टरको स्वामित्व र आम्दानी बाडफाँटमा समेत विवाद रहँदै आएको छ । एउटै जस्तो देखिने सीटी सेन्टरको करिब बीच भागमा ‘विभाजन’ रेखा छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पब्लिक कम्पनीले निजी कम्पनीसँग मिलेर कसरी त्यत्रो ठूलो व्यवसायीक कम्प्लेक्स बनायो भन्ने प्रश्न पनि उब्जिएको छ । एउटै देखिने व्यवसायीक कम्प्लेक्सको आम्दानी निजी कम्पनीसँग कसरी बाडफाँट हुन्छ ? यो प्रश्न सिंहदरबारले बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेललाई सोधेको थियो । पौडेलले भने–‘हामीले आ आफ्नो सम्पति छुट्टिने गरि संरचना बाडफाँट गर्नु भनेका छौं ।’

समितिले बर्षौ अघिनै नेपाल लाइफलाई आफ्नो सम्पती छुट्याएर आम्दानीको विवरण पेश गर्न भनेको हो । तर, कम्पनीले आजसम्म सो नगरेको पौडेलले जानकारी दिए ।

आफ्नै व्यवसायीक मल भाडा लगाएर कम्पनीले बार्षिक करोडौं आम्दानी गर्छ । निजी कम्पनीको निजी कम्पनीको नाममा भाडा उठाएर नेपाल लाइफ आफु भने लाखौं खर्च देखाएर सरकारलाई समेत करछली गर्दै आएको छ ।

नेपाल लाइफले जग्गा खरिदका लागि बीमा समितिबाट अनुमति लिएको भएपनि भवन बनाउन भने अनुमति लिएको देखिन्न । समिति श्रोतका अनुसार भवन बनाउन अनुमति पाउँ भन्दै कम्पनीले कुनै निवेदन दिएको रेकर्ड समेत फेला परेको छैन् ।

तर समितिका तत्कालिन अध्यक्ष प्रा.डा. फत्त बहादुर केसीले सीटी सेन्टरको उद्घाटन गरेका थिए । अध्यक्ष केसीले २०६६ असार ३ गतेका दिन सीटी सेन्टरको उद्घाटन गरेका हुन् । सेन्टरको आधा भाग भने गोपाल जी इन्टरप्राइजेजका नाममा रहेको छ । पछिल्लो समय विवादै विवादहरुमा फस्दै गएको नेपाल लाइफको बिजनेशको ग्राफ समेत ओरालो लागिरहेको छ ।

समितिको नियम विपरित व्यवसायीक योजनालाई मुर्त रुप दिएर आम्दानीको स्रोत लुकाइरहेको नेपाल लाइफका अन्य गैर कानुनी कारोबार समेत अनगन्ती छन् ।

(क्रमश……)

 

GBIME

प्रतिक्रिया दिनुहोस्