Shikhar Insurance

इन्भेष्टमेन्ट बैंकसँग मर्जर नभए झनै राम्रो भन्दा ताली बजाउँछन् हिमालयन बैंकका कर्मचारी

सिंहदरबार संवाददाता
२०७८ मंसिर २४, शुक्रबार १९:४८
NIMB
Nabil Bank

काठमाडौं । शुक्रबार अपरान्ह हिमालयन बैंकको केन्द्रिय कार्यलयस्थित चौथो तल्लामा बैंकबाट अवकास पाएका पूर्व कर्मचारीहरुलाई विदाई तथा सम्मान कार्यक्रम राखिएको थियो । बैंकमा कार्यरत कर्मचारीहरुको आधिकारीक संस्था नेपाल वित्तिय संस्था कर्मचारी संगठनले २ बजेका लागि निर्धारण गरेको कार्यक्रम सुरु हुँदा करिब ३ बजिसकेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) अशोक शमशेर जबरा प्रमुख अतिथिका रुपमा निम्त्याईएका थिए । ढिलो गरि कार्यक्रममा उपस्थित भएका राणालाई मञ्चमा आशन ग्रहण गराएपछि कार्यक्रम सुरु भयो र २२ जना अवकास प्राप्त कर्मचारीहरुलाई कदर पत्र र दोसल्ला ओडाएर सम्मान गरियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकका सिईओ राणाले मर्जर पेचिलो बनेको र हुन पनि सक्ने नहुन पनि सक्ने अवस्था रहेको धारणा राखेका थिए । कार्यक्रम समान गर्ने क्रममा संगठनका अध्यक्ष गौतम भण्डारीले मर्जर भए राम्रो, नभए झनै राम्रो भन्दा दर्शक दिर्घमा बसेका दजनौं कर्मचारीहरुले पर्रर्रर्र ताली बजाए । ‘मर्जरको कुरा आईरहेको छ, मर्जरमा ठ्याक्कै कै भैरहेको छ, हामीलाई थाहा छैन, मर्जर भयो भने ठूलो बैंक भइन्छ, राम्रो हुन्छ, मर्जर भएन भने झनै राम्रो ।’, भण्डारीले भने ।

कर्मचारीका नेता भण्डारीले यति भनि सक्न नपाउँदै दर्शक दिर्घमा बसेका दर्जनौं कर्मचारीले उत्साहित हुँदै पर्रर्रर तालि बजाए । कर्मचारीहरुले तालि बनाउँदा देखाएको उत्साहले उनीहरु मर्जर प्रक्रियाबाट सन्तुष्ठ नभएको प्रष्टै सन्देश दिन्थ्यो ।

मर्जर नभए झनै राम्रो भन्दा कर्मचारीहरुले उत्साहका साथ तालि बनाउँदा सिईओ राणा भने मास्क लगाएर मञ्चमै बसिरहेका थिए । उनको आँखा को को कर्मचारीले उत्साहित हुँदै तालि बजाए भनेर दर्शक दिर्घतिर आँखा लगाउँदै थिए । कार्यक्रममा कर्मचारी संगठनका अध्यक्ष भण्डारीले बैंकका कर्मचारीहरुमा काम गर्ने उत्साह घटेको र ‘मोरल डाउन’ हुँदै गएको बताएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्