Shikhar Insurance

हिमालयन बैंकका सीइओ राणा भन्छन्–‘समस्या छन्, मर्जर हुन पनि सक्छ, नहुन पनि सक्छ’

सिंहदरबार संवाददाता
२०७८ मंसिर २४, शुक्रबार २१:२७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रिया हुने या नहुने विषयमा हिमालयन बैंकका सीइओ अशोक राणा दोधारमा छन् । मर्जर प्रक्रियाले मूर्त रुप लिन नलिन विषयमा आफु विश्वस्त नभएको उनले कर्मचारी सामु धारणा राखेका हुन् ।

हिमालयन बैंक कर्मचारी संगठनले शुक्रबार अवकाश प्राप्त कर्मचारीलाई बिदाई तथा सम्मान कार्यक्रम राखेको थियो । सो कार्यक्रममा उनले २१ जना कर्मचारीलाई बिदाई गरे ।
अवकाश पाएका कर्मचारीलाई सम्मान पत्र दिएर बिदाइ गरिसकेपछि उनले आफ्नो मन्यवमा दिँदै हिमालयन बैंक मर्जर हुने नहुने टुङ्गो नलागेको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

‘सबैलाई थाहा छ बैंक मर्जरको कुरा अघि बढी रहेको छ । तर, यसमा पनि समस्याहरु आइरहेको छन् । कहिले हुन्छ या हुदैन मलाई थाहा भएन । अहिलेसम्म आधिकारीक मर्जर हुने केही टुङ्गो लागेको छैन ।’

संस्था मर्जर भएपनि नभएपनि कर्मचारीले आफुले बनाएको संस्थाको शाख जोगाउने काम गर्न उनले सबैलाई प्रेरित गरे ।

मर्जर अघि हिमालयन बैंकका सीइओले बिदाइ गरे २१ कर्मचारी (बिदाई भिडियो सहित)

‘आज बैंकर्स संघको बैंठकमा हिमालयन, नबिल बैंक भनेको नामले नै जित्छ भनेर साथीहरुले भने, यसो भनिरहँदा त्यसको श्रेय तपाइ कर्मचारीहरुलाई नै जान्छ ।’

२०/३० जना कर्मचारीबाट सुरु गरेको हिमालयन बैंकमा आज १ हजार जना कर्मचारी भएको भन्दै धेरै कर्मचारी आफ्नो परिवार सो सहर भउको उनले बताए ।

‘आज बिदाइ हुने अधिकांश अनुहारलाई मैले धेरै नजिकबाट चिनेको छु । तपाइहरुले बैंकमा गर्नुभएको योगदानको कदर भविष्यमा समेत हुनेछ । काम गर्दा हामी परिवार जस्तै गरी काम गर्यो । बैंक २९ वर्षमा प्रवेश गर्ने समय आएको छ । ३० औं वार्षिक उत्सव मनाउन पाइन्छ भन्ने आशा राखेका छौंँ ।’

बैंकका सीइओ राणाले यति भनिरहँदा कर्मचारी संगठनका अध्यक्ष गौतम भण्डारीले भने बैंक मर्जरमा नगए राम्रो हुने धारणा व्यक्त गरे ।

‘मर्जर भएमा संस्था ठुलो हुन्छ त्यो राम्रो पक्ष हो तर नभए झनै राम्रो हामी आफै मेहनत गरेर ठुलो बैंक बन्नु पर्छ,’ भण्डारीले कार्यक्रममा भने, ‘पछिल्लो समय बैंकका कर्मचारीको वृद्धि विकासमा बैंकको चेन अफ कमाण्डको ध्यान राम्रो सँग गएको छैन् । मर्जर नभएर आफै ग्रोथ गर्ने हो भने यस्तो विषयका व्यवस्थापनले धेरै ध्यान लिन आवश्यक छ ।’

इन्भेष्टमेन्ट बैंकसँग मर्जर नभए झनै राम्रो भन्दा ताली बजाउँछन् हिमालयन बैंकका कर्मचारी

कर्मचारीको मोटीभेसन लगायत क्षमता विकासमा संस्थाले धेरै ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । बैंक कर्मचारी संघले विगत ४ वर्षयता अवकाश पाएका २१ जना कर्मचारीलाई बिदाइ गरेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्