Shikhar Insurance

‘पुँजी बजारले ८० प्रतिशत मानिसलाई भोकै/नाङगै पार्छ, त्यसका विरुद्ध लड्नुपर्छ’

पुष्पकमल दाहाल
२०७८ मंसिर २६, आईतवार १७:०२
NIMB
Nabil Bank

पहिले पुँजीको लगानी उद्योग र उत्पादनमा हुन्थ्यो । त्यहाँबाट आउने नाफा पुँजीपतिहरुले लिन्थे । आजभोली पुँजीको लगानी उत्पादनमा हुँदैन् । पुँजीको लगानी पुँजीमै हुन्छ । वित्तिय पुँजीवादको मुख्य विशेषता यहि हो की पुँजीको लगानी पुँजीमै हुने र त्यहिबाट नाफा कमाउने । अहिले हेर्ने हो भने धितोपत्र बोर्ड, सट्टा बजार, आईएमएफ, वल्र्ड बैंक, एसियाली बैंकलाई तपाई हामीले हेर्दा यी बैंक हुन् ।

पैसा यता उता गर्छन भन्ने जस्तो लाग्छ । तर त्यति सजिलो होइनन् यी सब । यो साम्राज्यवादको विकसित रुपहरु हुन् । यो वित्तिय एकाधिकार पुँजीवादलाई बलियो बनाउने, त्यसलाई अघि बढाउने र नाफा सोहोरेर संसारका केहि मुठ्ठिभर सिमित पुँजीपतिहरुको संसारकै धन एकठ्ठा र विश्वका विश्वका अत्यधिक धेरै ८० प्रतिशत जनसंख्यालाई भोको नाङगो प्रणाली हो यो ।

Citizen Life
Kumar Bank
Nepal Life

सिधै पुँजीबाट पुँजी लिने । पुँजीको लगानी अब उत्पादनमा हुँदैन् । सट्टा बजारमा हुन्छ । धितो पत्र बजारमा हुन्छ । बैंकहरुले सिधै पुँजी घर जग्गा किनबेचमा लगाउँछन् । जग्गाको किनबेचबाट सिधै पैसा कमाउँछन् । त्यसबाट त सिधै अरबौं अरब नाफा थुप्रिने भयो । विश्व भरि नै यस्तोमा पुँजी लगानी हुन थाल्यो । त्यसो हुँदा अब मजदुरहरु कटौती हुँदै जान थाले । त्यसकारण यसको विश्लेषण गरेर यससँग लड्ने तरिका खोज्नु छ हामीले । जसरी औद्योगीक पुँजीवादसँग लड्ने तरिका माक्र्सले भन्नु भयो । साम्राज्यवाद र एकाधिकारवादी पुँजीवादसँग लड्ने तरिका लेनिनले भन्नु भयो ।

माओले संसोधनवादसँग लड्ने तरिका भन्नु भयो । हामीले चाँही अब यो वित्तिय एकाधिकारवादी पुँजीवादसँग लड्ने तरिका, भूमण्डीकृत वित्तिय पुँजीवादसँग लड्ने तरिका खोज्नुपर्ने अवस्था आएको छ । माक्र्स, लेनिन र माओका पुस्तकहरुमा नभेटिएको यो समस्याको समाधान नखोजेसम्म हामीले उज्यालो(इनलाइटनमेन) आउँदैन् ।

(माओवादी केन्द्रको प्रदेश सम्मेलन उद्घाटन कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले व्यक्त गरेको विचार)

GBIME

प्रतिक्रिया दिनुहोस्