१६ लाख लगानीकर्ता डुबे, सेयर बजार सुधार्न अब यसो गर्नुपर्छ

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट भिष्मराज ढुंगानालाई २०७८ भदौ १६ गतेदेखि निलम्बन गरेपछि बोर्ड सञ्चालक समितिको अध्यक्षता गर्दै आएका छन् शोभाकान्त पौडेलले । उनी नेपाल सरकारको सहसचिव हुन् र हाल आन्तरिक राजश्व विभागका महानिर्देशकको जिम्मेवारीमा छन् । उनै पौडेलले मंसिर २३ गते अर्थ समिति बैठकमा राखेको धारणाले पुनः एक पटक सेयर बजारमा तरंग उत्पन्न गरेको छ । अर्थ समिति सभापति कृष्ण प्रसाद दाहाल, नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय, नेपाल उद्योग बाणिज्य महासंघ, चेम्बर तथा नेपाल उद्योग परिसंघका प्रतिनीधी एंव सेयर बजारका केहि ठूला लगानीकर्तालाई साक्षी राखेर पौडेलले केहि महत्वपूर्ण तथ्य उजागर गरेका छन् । यस्तो छ, पुँजी बजार सम्बन्धी पौडेलको धारणा आज बैंकिङ क्षेत्रको राजश्वमा योगदान ३८ प्रतिशत छ । बैंकिङ र बीमा क्षेत्र नभएको भए ३ तहको सरकार चल्दैन थियो । यी क्षेत्रको योगदान महत्वपूर्ण छ । त्यसैले अब सरकारी खर्च बढाउँदै जाने र बैंकहरुले कर्जा प्राथमिकताका क्षेत्रहरु छुट्याएर प्रवाह गर्नु पर्छ । निक्षेपलाई कसरी प्रोत्साहन गर्दै बढाउँने त्यसमा काम गर्नु पर्यो । राष्ट्र बैंकको अहिलेको नीतिलाई कुनै पनि दोष दिन्न । यो पोलिसीमा लिभरेज दियौं भने हामी पनि टर्की कै अवस्थामा पुग्छौं । पुँजी बजारको विषयमा अम्बिका सर(अम्बिका प्रसाद पौडेल)ले कुरा उठाउनु भएको थियो । पुँजी बजारको विषयमा मैले अस्ति सानो सर्भे पनि गरेको थिए । … Continue reading १६ लाख लगानीकर्ता डुबे, सेयर बजार सुधार्न अब यसो गर्नुपर्छ