Shikhar Insurance

अर्थमन्त्रीले सेयर घटाएर घट्ने होइन, ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भयो (भिडियो)

जनार्दन शर्मा, अर्थमन्त्री
२०७८ मंसिर २७, सोमबार १३:३२
NIMB
Nabil Bank

सेयर बजार अर्थमन्त्रीले घटायो भन्छन् तर कसले घटाउँछ ? मन्त्रीले त पटक पटक लगानकर्ताको लगानीको रक्षा गर्ने संरक्षण गर्ने कुरामा अर्थमन्त्रालय गम्भीर भइरहेको छ भनेर प्रतिबद्धता बारम्बार गरिरहेको छ ।

संस्थाहरुमा सुधार गर्नका लागि त्यहाँ भएका ट्रेडिङ्गका आन्तरिक समस्याहरु जे जति आएका छन् त्यसलाई सुधार गर्नका लागि प्रयास भएको छ । छानबिन भएको छ, कारवाही भएको छ । नयाँ योग्य सक्षम योग्य मानिस नेतृत्वमा ल्याउनका लागि आवेदन खुलाइएको छ । त्यो नेप्सेमा होस् या धितोपत्र बोर्डमा । प्रक्रिया अघि बढिरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनी चिनेर ढुक्कले लगानी गर्नुस्, सेयर बजार सुधारक नीतिनियम म बनाउँछु

यसको अर्थ भनेकै लाभग्राहीहरुलाई अनावश्यक दुःख नहोस् र लगानीकर्ताहरुलाई भोलीको दिनमा समस्या नहोस् भने उनीहरुको लगानीको संरक्षण गर्न नेप्से र बोर्डमा धेरै कामहरु गर्न बाँकी रहेछन् । मैले के रहेछ यो भनेर दिन बोलाएर बुझेको धेरै काम गर्न बनाउन बाँकी रहेछ । यसका विभिन्न टुल्सहरु हुँदो रहेछन् । ती टुल्सहरु बनाउनु पर्ने बाँकी रहेछ । ती सबै टुल्सहरु बनाउनका लागि संस्थागत सुधार गर्नका लागि धितोपत्र बोर्डको कुरा नेप्सेका देखिएको समस्यालाई समाधान गर्ने कुरालाई अर्थमन्त्रालयले गम्भिरता पुर्वक लागिरहेको छ ।

तर, ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो भने झैं’ दोष अर्थमन्त्रीलाई दिएको छ । इन्टर्नल ट्रेडिङ्ग कतातिरबाट भइरहेको छ त्यो बुझन तर्फ ध्यान छैन । सेयर मार्केटमा घाटा भएको कम्पनी पनि समावेश गरिएको छ त्यता तिर ध्यान दिनु छैन । त्यो ध्यान विकेन्द्रित गर्नलाई सत्य कुराबाट पन्छ्याउनका लागि यस्तो समूह छ जसले अर्थमन्त्रीले सेयरको भाउ घटाइरहेको हल्ला फिजाउँछ । सत्य कुरा अरुले नबुझुन् भन्नका लागि यो हल्ला चलाइएको छ ।

१६ लाख लगानीकर्ता डुबे, सेयर बजार सुधार्न अब यसो गर्नुपर्छ

म सबै लगानीकर्ताहरुलाई सम्मान पुर्वक भन्छु तपाईंहरु लगानी गर्नुस् । त्यसमा अर्थमन्त्रालयलको तर्फबाट बजारको रक्षा गर्न ऐन नियम कानुन र संस्था सुदृढीकरणमा हामी लागि रहेका छौं र गछौं ।

तर, तपाई एउटा भम्र दिँदै ठग्लान, ठगिनु होला । नठगिएर आफ्नो व्यवसाय गर्नुस् । अर्थमन्त्रीले घटाएर घट्ने होइन । अर्थमन्त्री र मन्त्रालयलले गर्ने कुरा भनेको संस्थाहरुलाई पारदर्शी बनाउने, ऐन कानुनहरुलाई व्यवस्थित बनाउने हो । त्यसमा हामी लागेका छौं । यो विस्वाम म लगानीकर्तालाई दिलाउन चाहन्छु । अन्यता हावाहावाइमा लागेर एकतिरको विषय अर्को तिर जोडेर समस्या हुने र धेरैलाई लाखौं लाख सेयर खरिद कर्ताहरुलाई नोक्सानी पुग्ने कुरा भएको हुँदा सबैले विचार गरे अघि बढ्नु होला । सेयर बजारलाई व्यवस्थित गर्ने कुरामा पनि अर्थमन्त्रालयको ध्यान पुगेको छ ।

(बीमा समितिको नयाँ भवन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले व्यक्त गरेको सम्पादित अंश)

प्रचण्डको सचिवालयले भन्योः पुँजी बजारको संरक्षण र साना लगानीकर्ताको हित रक्षा गर्न पहल गर्छाै

GBIME

प्रतिक्रिया दिनुहोस्