Shikhar Insurance

धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि नयाँ समिति गठन

सिंहदरबार संवाददाता
२०७८ मंसिर २८, मंगलवार १७:००
NIMB
Nabil Bank

काठमाडौ । धितो पत्र बोर्डको अध्यक्ष छनौटका लागि नयाँ समिति गठन भएको छ । मन्त्री परिषदको निणय बमोजिम अर्थ मन्त्रालयले पत्र लेखेको हो ।

छनौट समितिको विज्ञ सदस्यमा डा. जीवनाथ धिताल रहेको अर्थ मन्त्रीका एक सहयोगीले बताए । यस अघि गठन गरिएको समितिमा प्रा डा. नारायण प्रसाद पौडेल विज्ञ सदस्य थिए । समितिको वैधानिकतामाथि कानुनी प्रश्न उठेपछि कानुन अनुसार मन्त्री परिषदले कानुन अनुसार नयाँ छनौट समिति गठन गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

धितोपत्र ऐन २०६३ अनुसार, राष्ट्रिय योजना आयोगको सम्बन्धित विषय हेर्ने सदस्यको संयोजकत्वमा अर्थसचिव र अर्का एक जना विज्ञ सदस्य रहने गरी सरकारले छनोट समिति गठन गर्ने व्यवस्था छ । नेपाल सरकारको सट्टा मन्त्रीस्तरिय निर्णयबाट समिति गठन गरिएको र योजना आयोगका सदस्य भनिएको ठाउँमा उपाध्यक्ष आफैं संयोजक भएपछि सो समितिको बैधता माथि प्रश्न उठेको थियो ।

बोर्डमा अध्यक्ष नभएर पुँजी बजार सम्बन्धी थुप्रै काम अलपत्र परेको थियो । सोही अवस्थालाई मध्यनजर गर्दै मन्त्रिपरिषदले नै कानुन अनुसार अर्को छनौट समिति गठन गर्ने निर्णय गरेको हो ।

यसअघि मन्त्रीस्तरबाट भएको निर्णयलाई सच्याउदै १३ मंसिर २०७८ मा बसेको मन्त्रिपरिषद बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । १३ गते मन्त्रिपरिषदबाट निर्णय भएको भन्दै अर्थ मन्त्रालयले मगंलबार एक जना संयोजक पठाउन योजना आयोगका उपाध्यक्ष पौडेललाई पत्राचार गरेको छ ।

यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले आफैं संयोजक बसेर छनौट प्रक्रिया अघि बढाएपछि विज्ञ सदस्य डा. नारायण पौडेलले समितिमा जान अस्विकार गरेका थिए ।

उपाध्यक्ष नेतृत्वको छनौट समितिले कात्तिक ११ गते आवेदन खुलाएको थियो । तोकिएको मिति अर्थात कात्तिक २५ गतेसम्ममा १२ जनाले आवेदन दिएका थिए । बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र उप कार्यकारी निर्देशक डा। नबराज अधिकारी, बोर्डकै पूर्व कर्मचारी डा. जीवन अमगाई, बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्व प्रमुख कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ डा. गोपाल भट्ट, पूर्व एनआरएन रमेश हमाल, सहरी विकास कोषको उपनिर्देशक डा. अनिल पौडेल, अम्बिका शर्मा, डा. केशव श्रेष्ठ र हेमन्त बस्यालले आवेदन दिएका थिए ।
उपाध्यक्ष डा. पौडेल र अर्थ सचिव मधु कुमार मरासिनीले बहुमतका आधारमा छनौट प्रक्रिया अघि बढाईरहेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्