Shikhar Insurance

सेयर बजारबारे ‘प्रचण्ड एक्सन’ र ‘ओली काउन्टर’को धितोपत्र बोर्ड ‘कनेक्सन’

सिंहदरबार संवाददाता
२०७८ पुष १, बिहीबार ०९:५५
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारबारे प्रचण्डको अभिव्यक्तिको चौतर्फी आलोचना भैरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले पनि मुख खोले । ओलीले प्रचण्डलाई लेनिन भन्दा पनि एक कदम अघि सरेर नयाँ थेसिस बनाउन सफल भएको भन्दै ब्याङग्य समेत गरेका छन् । यी तिनै ओली हुन जसले ‘सेयर बजार बिरोधीलाई नो भोट’ आन्दोलन चर्काउन आफु निकटका लगानीकर्ताहरु मार्फत अभियान चलाएको आरोप लाग्दै आएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि नयाँ समिति गठन

Citizen Life
Kumar Bank
Nepal Life

प्रचण्ड र ओलीको सेयर बजार सम्बन्धी टिप्पणी अन्ततः नेपाल धितोपत्र बोर्डको अध्यक्ष प्रकरणमा गएर जोडिन्छ । ओलीले नियुक्त गरेका बोर्ड अध्यक्ष भिष्मराज ढुंगानालाई प्रचण्डकै जोडबलमा देउवा सरकारले बर्खास्त गरेको छ । सर्वाेत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि ढुंगाना बर्खास्तीमा परेका हुन् । उनलाई जोगाउन ओलीले राष्ट्रपति विद्या भण्डारी मार्फत सरकारमाथि दबाव बढाएका थिए । तर त्यसले काम गरेन र ढुंगाना बर्खास्तीमा परे । हुन त ओलीले ढुंगानालाई अध्यक्ष नै राष्ट्रपति भण्डारीको जोडबलमा नियुक्त गरेका थिए ।

सेबोन अध्यक्षमा १२ जनाको आवेदन, यी हुन् आकांक्षी

ढुंगानालाई हटाएर यतिबेला सत्ता गठबन्धन नयाँ अध्यक्ष नियुक्तीको प्रक्रियामा छ र त्यसमा निकै ठूलो गाँठो परिसकेको छ । मन्त्रिस्तरिय निर्णयबाट गठन भएको छनौट समितिले आवेदन खुला गरेर पनि १२ जनाले आवेदन दिईसकेका थिए तर कानुनी प्रश्न उठ्ने भन्दै पुनः नयाँ छनौट समिति गठनको प्रक्रिया अघि बढाईएको छ । त्यसको अर्थ पहिलो गठन भएको छनौट समितिले आफु अनुकुल व्यक्ति सिफारिस नगर्ने सुईँको पाएपछि प्रचण्डले नै अर्थमन्त्री मार्फत मन्त्रिपरिषदमा प्रस्ताव पठाएर नयाँ समिति गठन गराएका हुन् ।

प्रचण्डको सचिवालयले भन्योः पुँजी बजारको संरक्षण र साना लगानीकर्ताको हित रक्षा गर्न पहल गर्छाै

प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई थाहा छ की धितोपत्र बोर्ड अध्यक्षमा आफ्ना मान्छे पठाउन सके चुनाव खर्चको जोहो सहज बन्छ । अर्थात बोर्डले छिट्टै नयाँ स्टक एक्सचेञ्ज, कमोडीटी एक्सचेञ्ज र ब्रोकर कम्पनीहरुलाई लाइसेन्स वितरण गर्दैछ । नेपालमा लाइसेन्स बाढ्ने विषयलाई चुनावी खर्च जुटाउने मेलोका रुपमा उपयोग गरिँदै आएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष ‘बन्ने’ भन्दा बनाउनेहरुको प्रतिष्पर्धा तिब्र किन हुँदैछ ?

प्रचण्डका तर्फबाट बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ र बोर्डकै उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले अध्यक्ष बनाइदिन दबाव दिईरहेका छन् । उता, प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा लगायतको समुहको चाहना भने अर्कै छ । प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले रमेश हमाललाई अध्यक्ष बनाउने बचन दिईसकेको श्रोत बताउँछ । आफ्नो पार्टीले सम्हालेको मन्त्रालय मातहतको निकायमा आफुले भनेको व्यक्ति नियुक्त हुने सम्भावना नदेखेपछि प्रचण्डले धितोपत्र बजारलाई नै साम्राज्यवादको नयाँ रुप भनिदिए । यद्यपी हमालका पक्षमा प्रचण्डलाई पनि मनाउने प्रयासमा विवादास्पद व्यवसायी दिपक भट्टको टिमले कडा मेहनत गरिरहेको श्रोत बताउँछ ।

‘पुँजी बजारले ८० प्रतिशत मानिसलाई भोकै/नाङगै पार्छ, त्यसका विरुद्ध लड्नुपर्छ’

प्रचण्डको त्यो अभिव्यक्तिको पछाडी पनि केहि दम थिए । प्रधानमन्त्री र अर्थमन्त्रीले बचन दिएको भनिएका रमेश हमाल एनआरएन थाईल्याण्डको दुई कार्यकाल अध्यक्ष भैसकेका व्यक्ति हुन् । अर्थात प्रचण्डले तिनै हमाल तर्फ संकेत गर्दै साम्राज्यवादको नयाँ रुप भनिदिएका हुन् ।

अब ओलीले किन प्रचण्डको अभिव्यक्तिको कडा प्रतिवाद गरेर चन्दा नदिएको झोँक पोखे भन्ने विषय बुझ्न कठिन भएन् । किन भने धितोपत्र बोर्ड र त्यहाँको अथाह आर्थिक सम्भावनाबारे ओली भलिभाँती जानकार नै छन् । अर्थात पुँजी बजारका बारेमा प्रचण्ड र ओलीका जे अभिव्यक्तिहरु आईरहेका छन्, ति धितोपत्र बोर्डबाट आफ्ना मान्छे हट्दा र आफ्ना भर्ति गर्न नपाउँदाका कुण्ठा बाहेक केहि होइनन् ।

प्रचण्डको एक्सनमा ओलीको काउन्टर
प्रचण्डले सेयर बजारको सम्बन्धमा बढा क्रान्तिकारी शैलीले साम्राज्यवादको विकसित भयो भने सेयर बजार डुब्यो । साम्राज्यवादको विकसित रुप चाँही लेनिलले भन्दा पनि अलि बढि नै जान्ने भएछन् प्रचण्ड । पुँजीवाद विकासित भएर साम्राज्यवाद भनेर लेनिलले भन्या थिए । त्यो भन्दा माथि गएर साम्राज्यवाद विकसित भएपछि सेयर पुँजीमा जान्छ, सेयर बजारमा जान्छ भनेर प्रचण्डले एउटा नयाँ थेसिस ठोकिदिए । दुई दिनमा सेयर बजार धारासायी भयो ।

त्यसको जनताको जीवनमा कति असर हुन्छ ? सेयर लगानीकर्ताहरुको अवस्था कस्तो हुन्छ ? उनीहरुको आर्थिक स्थिति के हुन्छ ? केहि पनि मतलब छैन् । अर्थतन्त्रको केहि पनि मतलब छैन् । कुन सेयर कारोबारीले चन्दा दिएन होला, त्यसो भएपछि ठोकिदए प्रचण्डले । ए, चन्दा नदिने ? ध्वस्त बनाईदिन्छु भन्ने लाग्यो होला बोलिदिए । न रहे बाँस, न बजे बाँसुरी भनेर बाँसै भाचिदिए । यदि हामीले त्यस्तो गर्थ्यौं भने सडक तात्थे । माइतीघरले पुग्दैनथ्यो । सञ्चार माध्यमहरुमा आगो बल्थ्यो । अहिले शान्ति छ, चपुचाप छ । शान्त, आराम छ, कोहि बोल्दैनन् । किन भने यहाँ यो त अस्थिरता क्रियट गर्ने देश हो, यता बिगार्ने, उता बिगार्ने, ध्वस्त बनाईराख्ने, यता बनाए झै गर्ने उता भत्काईरहने शिलशिला चलिराखेको हुनाले यस्तोमा बोलिरहनु परेन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्