Shikhar Insurance

नियम विपरित कारोबार गर्ने १३ वाणिज्य बैंक कारवाहीमा

सिंहदरबार संवाददाता
२०७८ पुष ५, सोमबार १४:१५
NIMB
Nabil Bank

काठमाडौं । नियमनको ‘लुप होल’ खोज्दै निर्देशन विपरित कारोबार गर्ने १३ वाणिज्य बैंक कारवाहीमा परेका छन् । यी वाणिज्यलाई नेपाल राष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कारवाही गरेको हो ।

राष्ट्र बैंकले वार्षिक कार्ययोजना अनुसार गर्ने फिल्ड सुपरिवेक्षणको क्रममा निर्देशको विपरित गएर कारोबार गरेको गर्ने वाणिज्य बैंकहरुलाई आवश्यकता अनुसार कारवाही गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । जसमा अधिकांश वाणिज्य बैंक कृतिम विदेशी निक्षेप र ब्याजदरको निर्देशन उल्लंघन गरेका कारण कारवाहीमा परेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

‘नियमित फिल्ड सुपरिवेक्षण र विषेश निगरानीको क्रममा असोज मसान्तसम्म १३ वटा वाणिज्य बैंक कारवाहीमा परेका छन्,’ राष्ट्र बैंक स्रोतले सिंहदरबारसँग भन्यो, ‘हर्जना नै तिर्नु पर्ने गरीको गल्ती गरेर कारवाही भने अघिल्लो त्रैमासमा गरिएको छैन । गल्ती गर्ने बैंकहरुलाई लिखित स्पष्टिकरण सोधेर सचेत गराइएको छ ।’

पहिलो त्रैमासमा राष्ट्र बैंकले विषेश गरी कृत्रिम विदेशी निक्षेप देखाएर कारोबार गर्ने वाणिज्य बैंकहरुलाई लिखित स्पष्टिकरण सोधेर सचेत गराएको स्रोतले जानकारी दियो । बैंकह?ले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरी व्यवसाय गर्न विदेशी मुद्राको कृत्रिम निक्षेप देखाएका थिए ।

‘पहिलो त्रैमासमा वैधानिक तरलता अनुपात (सीआरआर) कायम नगरेको, प्राथमिकता प्राप्त क्षेत्रमा लगानी नगरेको वा अन्य प्रकारको नियम उल्लंघन बैंकह?ले गरेका छैनन्,’ उनले थपे, ‘पहिलो त्रैमास पछि भने बैंकहरु विषेश निगरानीमा बढी परिरहेका छन्, प्रिमियम दर बढाउने देखि धितो लिलामीका विभिन्न गुनासो तथा उजुरी आएपछि बैंक विषेश निगरानी बढाइएको छ ।’

राष्ट्र बैंकले सुपरिवेक्षणिय कारवाही सम्बन्धी विस्तृत जानकारी आधिकारीक ?पमा वेव साइटमा त्रैमासिक विवरण प्रकासिक गरी गर्ने गरेको छ ।

नियमविपरित संस्थागत निक्षेपको ब्याजदर परिवर्तन गर्ने दर्जन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा

राष्ट्र बैंक वाणिज्य बैंक सुपरिवेक्षणले वार्षिक कार्ययोजना अनुसार चालु आवमा ९ वटा वाणिज्य बैंकको फिल्ड अनुगमन तथा निगरानी पुरा गरिसकेको छ भने ४ वटा चरणमा रहेको छ ।
वार्षिक कार्ययोजना बाहेक समेत राष्ट्र बैंकले उजुरी तथा गुनासोको आधारमा विषेश निगरानी बैंकह?मा आफ्नो टोली पठाएर गर्छ । पहिलो त्रैमासमा कारवाहीमा पर्ने वाणिज्य बैंकहरु पनि विषेश निगरानीका क्रममा परेका हुन् ।

जसमा कृत्रिम विदेशी निक्षेपका देखाएका कारण १३ वटा वाणिज्य बैंक र ७ वटा बैंक ब्याजदरको कारण परेका छन् । यी मध्ये अधिकांश बैंक दोहोरो कारवाहीमा परेका स्रोतको भनाइ छ ।
‘एउटै बैंकलाई भिन्न भिन्न केशमा सचेत गराइएको छ, नियमकिय ‘लुप होल’ प्रयोग गर्न खोज्दा पकडमा परेका हुन्, अहिलेसम्म हर्जना नै तिर्नु पर्ने गरी कुनै बैंकले बदमासी गरेको पाइएको छैन ।’–उनले भने ।

राष्ट्र बैंकले प्रत्येक ३ महिनामामात्र संस्थागत मुद्दतीको ब्याजदर परिवर्तन गर्ने पाउने व्यवस्था गरेको छ । तर, नियम विपरित महिनै पिच्छे ब्याजदर परिवर्तन गर्ने बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको हो ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २० वटा वाणिज्य बैंकले नियमविपरित संस्थागत मुद्दतीको ब्याजदर परिवर्तत गरेका थिए । तर, नियत संगत अत्याधिक दर परिवर्तन गर्ने बैंकह?लाई मात्र राष्ट्र बैंकले काराबाही गरेको स्रोतको भनाइ छ ।

९ वाणिज्य बैंकले टेरेनन् राष्ट्र बैंकको नियम, लाखौं जरिवाना तिर्नुपर्ने गरी यस्तो गरे कसुर

यी हुन् राष्ट्र बैंकको नियम नमान्ने ५ फाइनान्स कम्पनी, एउटैलाई ४ पटकसम्म कारवाही !

राष्ट्र बैंकको निर्देशन विपरित सेयर खरिद बिक्री गर्ने जिवन विकास लघुवित्त कारवाहीमा

 

GBIME

प्रतिक्रिया दिनुहोस्