Shikhar Insurance

सकियो वाणिज्य बैंकहरूको लाभांश मेलाः नबिल अब्बल, नेपाल एसबीआई सबैभन्दा निम्छरो

सिंहदरबार संवाददाता
२०७८ पुष ६, मंगलवार १२:२३
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरूको लाभांश सिजन यो वर्षका लागि सकिएको छ । सिभिल बैंकले लाभांश घोषणा गरेसँगै सर्वसाधारणाको लगानी भएको २६ वटै लाभांश घोषणा सकाएका हुन् ।

यो वर्षको लाभांश मेलामा नबिल बैंकले सबैभन्दा बढी लाभांश दिएको छ भने सिभिल बैंकले सबैभन्दा कम दिने भएको छ । बोनस सेयर हिसाबमा सबैभन्दा कमजोर बैंक नेपाल एसबीआई देखिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

वाणिज्य बैंकहरूले औसतमा १४.३२७ प्रतिशत लाभांश दिँदा औसतमा १२.०८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेका छन् ।

माछापुच्छ्रे बैंकबाट सुरु भएको लाभांश घोषणा गर्ने क्रम सिभिल बैंकसम्म आइपुगेको छ । नबिल बैंकले सर्वाधिक ३८ प्रतिशत गरेको छ भने सिभिलले सबैभन्दा कम ५.०६ प्रतिशत लाभांश घोषणा गरेको छ । सिभिलले ५ प्रतिशत बोनस सेयर दिने भनेपनि नेपाल एसबीआईले ३.५ प्रतिशतमात्र दिने घोषणा गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन र यसमा सर्वसाधारणको लगानी छैन । त्यसकार यसको लाभांश बारे खासै चासो रहँदैन ।

१६ वटा बैंकले तिहार अघि नै लाभांश घोषणा गरेका थिए ।

आर्थिक वर्ष २०७७/७८ सम्मको नाफाबाट लाभांश दिने घोषणा गर्ने क्रम माछापुच्छ्रे बैंकबाट सुरू भएको हो ।

नबिलले ३३.६ प्रतिशत बोनस सेयर सहित ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । बढी लाभांश घोषणा गर्नेको सूचीमा हिमालयन बैंक दोस्रो स्थानमा छ । हिमालयनले २१.३८ प्रतिशत बोनस सेयरसहित २६ प्रतिशत लाभांश दिने भएको हो ।

२० प्रतिशत भन्दा बढी लाभांश घोषणा गर्ने वाणिज्य बैंकको सूचीमा नबिल र हिमालयनसँग कृषि विकास बैंक पनि अटाएको छ । कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर सहित २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै नेपाल बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल इन्भेष्टमेण्ट बैंक, एनएमबी बैंक, एनआईसी एशिया बैंक, नेपाल बंगलादेश बैंक र सिद्धार्थ बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेका छन् ।

नेपाल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।

यसैगरी सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १७ प्रतिशत बोनस सेयर र ०.८९७४ प्रतिशत नगद गरी कुल १७.८९७४ प्रतिशत लाभांश दिने भएको हो ।

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत नगद गरी कुल १६.६३१३ प्रतिशत लाभांश दिने भएको हो ।

सिटिजन्स बैंक इन्टरनेसनले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने भएको हो ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद गरी कुल १६ प्रतिशत, एनएमबी बैंकले १२.५ प्रतिशत बोनस सेयर सहित कुल १५.८ प्रतिशत, एनआईसी एशिया बैंकले १५ प्रतिशत बोनस सेयर सहित १५.७८९४ प्रतिशत, नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस सेयर सहित १५.५ प्रतिशत र सिद्धार्थ बैंकले १४.२५ प्रतिशत बोनस सेयर सहित कुल १५ प्रतिशत लाभांश दिने भएको हुन् ।

१५ प्रतिशत भन्दा कम लाभांश दिने बैंकहरु बैंक अफ काठमाण्डू, ग्लोबल आईएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, मेगा बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक हुन् । माछापुच्छ्रे बैंकले १३.३ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश सहित घोषणाको सुरूवात गरेको थियो ।

बैंक अफ काठमाण्डूले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्