Shikhar Insurance

हिमालयन बैंकले बोलायो साधारणसभा, इन्भेष्टमेन्टसँग मर्जरमा जाने प्रस्ताव पारित होला ?

सिंहदरबार संवाददाता
२०७८ पुष ११, आईतवार १३:३६
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न तथा मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्न ३० पुसमा साधारणसभा बोलाएको छ ।

बैंकले आफ्नो केन्द्रीय कार्यालय, कमलादीमा बिहान ११ बजेका लागि २९औँ वार्षिक साधारणसभा भिडियो कन्फ्रेन्सको माध्यमबाट आयोजना गर्ने भएको हो । सभामा हाल कायम चुक्ता पुँजीको २१ दशमलव ३८ प्रतिशतका दरले बोनस सेयर र सोको करसहित चार दशमलव ६२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव साधारणसभाका लागि राखिएको छ । सेयर स्वाप रेसियो एक बराबर एक कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डा छन् ।

साधारणसभा प्रयोजनका लागि बैंकले ११ पुसदेखि बुक क्लोज गर्ने भएको छ । यसअनुसार, मर्जर प्रयोजका लागि बैंकको सेयर कारोबार हाल दोस्रो बजारमा बन्द छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्