Shikhar Insurance

संसारकै धनी एलन मस्कले टेस्लाको थप १.०२ अर्ब डलरको सेयर बेचे, यस्तो छ कारण !

सिंहदरबार संवाददाता
२०७८ पुष १४, बुधबार १०:४०
NIMB
Nabil Bank

काठमाडौं । एलन मस्कले टेस्लाको १.०२ अर्ब डलर बराबरको सेयर बेचेका छन् । संसारकै धनी व्यक्ति मस्कले मंगलबार ९ लाख २४ हजार कित्ता सेयर बेचेका हुन् ।

मस्कले विद्युतीय कार निर्माता कम्पनीमा आफ्नो स्वामित्व १० प्रतिशतले घटाउने योजना बमोजिम सेयर बेचेका हुन् । उनले कर तिर्न सेयर बेचेको बताइएको छ । मस्कले नोभेम्बर देखि निरन्तर सेयर बेच्न थालेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा डिसेम्बरमा गरेका छन् । अमेरिकामा अर्बपतिहरूले कम कर तिर्ने गर्छन् । मस्कले पनि कर तिर्न आनाकानी गरिरहेको विषय अमेरिकी सिनेटरहरूले उठाइरहेका छन् ।

रोयटर्सका अनुसार मस्कले नोभेम्बरयता १६.४ अर्ब डलरको सेयर बेचिसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्