Shikhar Insurance

बीमामा ‘१९ प्रतिशतको खेल’

सिंहदरबार संवाददाता
२०७८ पुष १४, बुधबार १८:२७
NIMB
Nabil Bank

काठमाडौं । यतिबेला लघु बीमा र जीवन तथा निर्जीवन गरि एक दर्जन भन्दा बढी कम्पनीहरु लाइसेन्स माग्दै बीमा समितिमा आवेदन दिएर बसेका छन् । अर्काे एक दर्जन भन्दा बढी कम्पनीका लागि लगानीकर्ताका समुहहरु लगानी प्रतिवद्धतासहित कम्पनी तयार पारिरहेका छन् ।

नेपालमा बीमाको पहुँच ३० प्रतिशत हाराहारी पुगेको दावी स्वयं बीमा समितिले गरिरहेको छ । हाल जीवन बीमा कम्पनी १९ वटा, निर्जीवन बीमा कम्पनी २० वटा र दुई वटा पुनर्बीमा कम्पनी गरि ४१ वटा कम्पनीहरु बजारमा छन् । १० वटा जीवन बीमा र ३ वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स बाढेको चार वर्ष मात्रै पुगेको छ । बीमा समिति र अर्थ मन्त्रालय यतिबेला फेरी नयाँ इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स बाढ्ने तयारीमा छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

एकातिर बीमा कम्पनीहरुको पुँजी वृद्धिको सन्दर्भ उठिरहेको छ । त्यसका लागि हकप्रद सेयर नदिएर मर्जरमा पठाउने चर्चा छ । अर्का तिर नयाँ कम्पनीको लाइसेन्स तयारी छ । के चार वर्ष अघि लाइसेन्स बाढिएका १३ कम्पनीले आफ्नो उपादेयता पुष्टि गरे ? उनीहरुलाई जुन उदेश्यका लागि लाइसेन्स दिईएको थियो, त्यो पुरा भयो ? उनीहरुको व्यवसायको आधार ठिक छ ? के हाम्रो देशका लागि १९ जीवन, २० निर्जीवन र २ वटा पुनर्बीमा कम्पनी आवश्यक छन् ? जीवन बीमाका लागि २ अर्ब, निर्जीवनका लागि एक अर्ब र पुनर्बीमाका लागि तोकिएको १० अर्ब पुँजी पर्याप्त हो ? के पुँजी वृद्धि गर्दा हकप्रद सेयर दिइन्छ ? लाइसेन्स बाढेको ४ वर्षपछि नै कम्पनीहरुलाई मर्जरमा लैजाने बेला भएको हो ?
के बीमाको पहुँचसँगै विश्वसनियता र गुणस्तरमा पनि बढोत्तरी भएको छ ? यी प्रश्नहरुको जवाफ बिनै नयाँ कम्पनीको लाइसेन्स दिने लहड चलाईएको छ । यहाँ लहड मात्रै चलाईएको छैन्, लगानीकर्ताहरु धमाधम आवेदन दिईरहेका छन् ।

कुनै अध्ययन र आधार बिनै बीमा समिति लाइसेन्स बाढ्न किन हतार गरिरहेको छ ? व्यवसाय गरेर लगानीको प्रतिफल पाउने सम्भावना न्युन हुँदा हुँदै पनि लगानीकर्ताहरु किन पैसा लगाउन तयार देखिन्छन् ?

यसको एउटै कारण हो, १९ प्रतिशत ।
बीमक दर्ता तथा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ कार्यान्वयनमा छ । बीमा समिति सञ्चालक समितिले तयार पारेको निर्देशिकाको परिच्छेद २ मा कम्पनीहरुको चुक्ता पुँजी र चुक्ता पुँजीको विभाजन सम्बन्धी व्यवस्था छ । जसमा बीमकको चुक्ता पुँजीमा ५१ प्रतिशत हिस्सा संस्थापकहरुको हुने र बाँकी ४९ प्रतिशतसम्म हिस्सा साधारण लगानीकर्ताको हुन सक्ने भनिएको छ ।

अर्का तिर बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ को परिच्छेद २ को दफा ५ मा संस्थापकहरुले धारण गरेको ५१ प्रतिशत भन्दा बढी सेयर कम्पनी सञ्चालन इजाजत प्राप्त गरेको पाँच वर्षपछि साधारण सेयरमा परिवर्तन गर्न सक्ने व्यवस्था छ । त्यस्तो सेयर बार्षिक बढीमा १० प्रतिशतसम्मका दरले साधारण सेयर बनाउन सकिन्छ । अर्थात १९ प्रतिशत सेयरलाई दुई वर्षभित्रमै साधारण सेयरमा परिवर्तन गर्न सकिन्छ । त्यस्तो सेयरलाई नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा कायम रहेको बजार मूल्यमा बेच्न सकिन्छ ।

जुन सेयर बेचेर लगानीकर्ताहरुले ७ वर्षभित्रै आफ्नो लगानी उठाउन सक्ने अवस्था रहन्छ । सात वर्ष अघि ७० प्रतिशत लगानी गरेका संस्थापकहरुले १९ प्रतिशत सेयर दोश्रो बजारकै मूल्यमा बेचेर आफ्नो लगानी उठाउन सक्छन् । त्यहि १९ प्रतिशत सेयरबाट हुने आम्दानीका कारण नयाँ बीमा कम्पनीमा लगानी गर्न संस्थापकहरु आतुर देखिएका हुन् । सात वर्ष अघि एक सय रुपैयाँ लगानी गरेर झण्डै एक हजार मूल्यमा बेच्न पाउने सुबिधाकै कारण बीमा कम्पनीहरुमा संस्थापक बन्ने लहड चलेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्