Shikhar Insurance

जीवन विकास सेयर घोटालाः नियमअनुसार काम गर्न छोडेर ‘लुपहोल’ खोज्दै पदासीन संस्थापकहरु

सिंहदरबार संवाददाता
२०७८ पुष १६, शुक्रबार १८:५६
NIMB
Nabil Bank

काठमाडौं । गैरकानुनी रुपमा खरिद गरेको सेयरलाई नियम संगत गर्न जीवन विकास लघुवित्तले विभिन्न बहाना बाजी गरिरहेको छ । नियामकको निर्देशनमा ‘लुपहोल’ केलाउँदै जीवन विकासले नियमनको खिल्ली उडाएकोे हो ।

गत आर्थिक वर्षमा संस्थापक रुपमा आसीन सञ्चालकहरुले कानुन विपरित पौने ५ लाख कित्ता संस्थापक सेयर खरिद गरेका थिए । राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण विभागले गत आवको अन्त्यमा गरेको स्थलगत निरिक्षणमा संस्थाका कार्यकारी प्रमुख (सीईओ) र पूर्व सीईओले नियम विपरित सेयर खरिद गरेको भेटेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकको संस्थागत सुशासन सम्बन्धि व्यवस्थाअनुसार संस्थापकहरुले पदमा हुँदा वा पदबाट हटेको १ वर्षसम्म संस्थाको सेयर खरिद बिक्री गर्न पाउँदैनन् । गत आवमा संस्थाले पुँजी वृद्धि गर्न संस्थापकहरुका लागि हकप्रद जारी गरेको थियो । जसमा संस्थापक पदमा रहेको र पदबाट हटेको १ वर्ष नपुगेकाहरुले खरिद गर्न नपाउनु पर्ने हो । राष्ट्र बैंकको नियमअनुसार सो हकप्रद सेयरमा पदमा नरहेका संस्थापक र बाहिरकाहरुले मात्र खरिद गर्न पाउँथे । तर, संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जयकुमार मण्डलले १ लाख कित्ता बढी तथा पूर्वसीईओ योगेन्द्र मण्डलले करिब २ लाख कित्ता र संस्थाका उच्च व्यवस्थापनका कर्मचारीले गरी ४ लाख ७८ हजार ३ सय ३८ कित्ता सेयर नियम विपरित खरिद गरेका थिए ।

यसरी पदमा आसिन संस्थापकहरुले भने गैरकानुनी रुपमा सेयर खरिद बिक्री गरेको निश्कर्ष निकाल्दै राष्ट्र बैंकले नियमित गर्न गत असोज १२ गते नै जीवन विकासलाई पत्र पठाएको थियो ।

सो पत्रमा राष्ट्र बैंकले गैर कानुनी रुपमा खरिद भएको सेयर संस्थाका पदमा आसीन नरहेका संस्थापकका लागिका लागि सार्वजनिक सुचना प्रकाशित गरी बोलकबोल आह्वान गर्न निर्देशन दिएको थियो ।

तर, संस्थाले पत्र प्राप्त भएको १ महिना ३ दिन पछि अर्थात् कात्तिक १५ गतेमात्र सार्वजनिक सुचना प्रकाशित गरेको थियो । संस्थाले १५ दिन भित्र तोकिएको शर्त पुरा गरी इच्छुक संस्थापकलाई आवेदन दिन भनेको थियो ।

तर, सो सुचनामा संस्थाले सेयर बिक्रीका लागि मूल्य, बिक्री प्रबन्धक, खरिद गर्नु पर्ने माध्यम र आधार, सेयर खरिदका लागि न्यूनतम र अधिकतम आवेदन लगायत उल्लेख गरेन । संस्थागत सेयर खरिदका लागि प्रकाशित गरिएको सो सुचना हेर्दा कार्यालयमा आवश्यक सामाग्री खरिको बोलकबोल आह्वान गरिएको जस्तो देखिन्छ । संस्थाले झारा टार्ने मनासायले प्रकाशित गरेको सो बोलकबोलमा केही संस्थापकहरुले कार्यालयमै पुगेर समेत आवेदन दिएका थिए ।

जीवन विकास लघुवित्तको सेयरमा घोटालाः सीईओ र पूर्व सीईओले नियमविपरित खरिद गरे सेयर

तोकिएको समयमा परेको आवेदनलाई राष्ट्र बैंकको निर्देशन अनुसार ‘फिट एन्ड प्रपर टेस्ट’ गरी संस्थापक सेयर बिक्रीको अन्य प्रक्रिया अघि बढाउन छोडेर संस्थाका पदमा आसीन संस्थापकहरु निर्देशनको खिल्ली उडाउन तल्लीन भए ।

गैरकानुनी रुपमा संस्थापक सेयर खरिद गर्ने सुरमा पदमा आसीन संस्थापकहरुले आफ्नो नाममा भएको सेयर आफू अनुकल व्यक्तिको नाममा ट्रान्स्फरको वातावरण मिलाउन राष्ट्र बैंकमा हार गुहार गर्न थाले । तर, राष्ट्र बैंकले नियम संगत संस्थापक सेयर बिक्री गर्न बारम्बार ताकेता गरेपछि संस्थाले पहिलो पटक सुचना प्रकाशित गर्दा आफूले गरेको गल्ती औंल्याउँदै पुन सुचना प्रकाशित गर्न समय माग गर्यो ।

सोही अनुसार राष्ट्र बैंकले दोस्रो पटक समय थप गरेपछि संस्था प्रक्रियागत रुपमा संस्थापक सेयर खरिदका लागि पुस ९ गते पुनः बोलकबोल आह्वान गरेको छ । एक महिना भित्र अर्थात् माघ १० गतेभित्र तोकिएको शर्त पुरा गरी संस्थापकहरुलाई आवेदन दिन संस्थाले भनेको हो ।

8.indd

राष्ट्र बैंकले गैर कानुनी रुपमा सेयर खरिद गरिएको पुष्ट्याउँदै बिक्री गर्न निर्देशन दिएको करिब ४ महिना पछि जीवन विकासले बिक्री प्रबन्धकमा एनएनबि क्यापिटललाई नियुक्त गरेर संस्थापक सेयर बिक्री गर्न बोलकबोल आह्वान गरेको हो ।

संस्थाले गैर कानुनी रुपमा खरिद भएको पौने ५ लाख कित्ता संस्थापक सेयरको फेस भ्याल्यु अर्थात प्रतिकित्ता १ सय रुपैयाँ मूल्य तोकेको छ । साथै, न्यूनतम १ हजार कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मको लागि आवेदन दिनु पर्ने दोस्रो पटक सार्वजनिक सुचनामा उल्लेख छ ।

राष्ट्र बैंकले भने निर्देशन कार्यान्वयन गराउन बारम्बार समय दिँदा आफ्नै नियमनको खिल्ली उडाएको ‘भेउ’ नपाएको एक लगानीकर्ता भन्छन् ।

सेयर घोटालामा संलग्न जीवन विकासका सीईओ र पूर्व सीईओलाई राष्ट्र बैंककै संरक्षणको आरोप

‘पहिलो पटकको सुचनामा हामीले आवेदन दिर्यौ तर संस्थाले भने त्यो देखावटीको लागि मात्र गरेको रहेछ,’ ती लगानीकर्ताले सिंहदरबारसँग भने, ‘आवेदन दिएको केही सातापछि रद्द गरिएको सूचना हामीलाई दिइयो, हामीले राष्ट्र बैंकमा गुनासो गर्दा समेत सुनुवाई हुन सकेन ।’

राष्ट्र बैंकको उच्च पदाधिकारीहरुसँग संस्थाका सीईओ, पूर्व अध्यक्षहरुको साँठगाँठ राम्रो भएको हुँदा गुनासोलाई गौण राखिएको उनको भनाई छ ।

‘राष्ट्र बैंकले नियम अनुसार गर्ने हो भने, गैर कानुनी रुपमा खरिद भएको सेयरलाई जफत गर्न सक्थ्यो, तर, सो नगरी बिक्री गर्न भनि मौका दियो,’ उनले थपे, ‘दिएको आवेदन रद्द गर्ने, अनि संस्थापकहरुले इच्छा देखाएनन् भन्दै आफ्नै आफन्तलाई संस्थापक बनाउन सीईओ र पूर्व अध्यक्ष तल्लिन छन्, यो कुरा राष्ट्र बैंकले बुझेर पनि नबुझे जस्तो गरिरहेको छ ।’

संस्थापक सेयर खरिद बिक्री गर्नुपर्दा पहिलो प्राथमिकता संस्थाकै संस्थापकहरुलाई हुन्छ । यदी संस्थापकले लिन नचाहेको खण्डमा मात्र बाहिरका लगानीकर्तालाई सेयर बिक्री गर्न पाउने व्यवस्था राष्ट्र बैंकको छ । तर, यसका लागि राष्ट्र बैंकले बाहिरका लगानीकर्ता संस्थापक बन्न योग्य छ अथवा छैन त्यसका लागि फिट एन्ड प्रपर टेस्ट गर्छ । उक्त टेस्टमा पास भएपछि मात्र संस्थाको सेयर ट्रास्फर गर्ने अनुमति राष्ट्र बैंकले संस्थालाई दिन्छ ।

दिइएको समयमा विद्यमान संस्थापकको आवेदन परेन भन्दै आफ्नै सर्कलमा सेयर सेटलमेन्ट गर्ने पदमा आसीन संस्थापकहरु तल्लिन भएको आरोप ती लगानीकर्ताको छ ।

कानुनी व्यवस्था के छ ?
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशनको संस्थागत सुसाशन सम्बन्धी व्यवस्थाले पदमा आसीन संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतलार्ई सेयर खरिद बिक्री गर्न बन्देज गरेको छ । सोही एकीकृत निर्देशनमै २ प्रतिशतभन्दा कम सेयर खरिद तथा हकप्रद सेयर खरिदको व्यवस्थाले समेत संस्थाको पदमा आसीन वा पदबाट हटेको एक वर्ष नपुगेका संस्थापकलाई सेयर खरिद बिक्री गर्न नपाइने उल्लेख छ ।

यस्तो छ, राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन, २०७७ को व्यवस्था

हकप्रद सेयर बिक्री सम्बन्धमा
(क) तोकिएको पुँजीकोष अनुपात कायम गरेका लघुवित्त वित्तीय संस्थाहरूको हकमा हकप्रद सेयर जारी गर्दा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ (१) बमोजिम सर्वसाधारणलाई बिक्री वितरण गरिएको सेयर धारण गर्ने कुनै सेयरधनीले खरिद नगरेमा वा सेयर खरिद गर्ने हक अरूलाई बिक्री वा हस्तान्तरण नगरेमा त्यसरी बिक्री हुन नसकेको हकप्रद सेयरको अंश खण्ड (ग) मा उल्लिखित अवस्थामा बाहेक अन्य अवस्थामा स्वतः खारेज गर्नु पर्नेछ ।

(ख) खण्ड (क) बमोजिम खारेज गर्नु परेको अवस्थामा प्रत्येक वर्ष समानुपातिक रूपमा चुक्ता पुँजी वृद्धि गर्दै लैजानु पर्ने यस बैंकको प्रावधान पालना गर्ने प्रयोजनका लागि त्यस्तो खारेजी गर्नु परेको सेयरको रकमको हदसम्मलाई आगामी वर्षमा समायोजन गर्न सकिने छ ।

(ग) खण्ड (क) बमोजिम स्वतः खारेज गर्नुपरेको कारणबाट प्रचलित कानुनी तथा नीतिगत व्यवस्था बमोजिम सेयर स्वामित्व संरचनामा प्रतिकुल असर पर्ने अवस्था भएमा मात्र त्यस्तो सेयरको अंश सार्वजनिक सूचना मार्फत सार्वजनिक बोलकबोलको आधार (Public Auction Basis) मा न्युनतम प्रति सेयर मूल्य रु. १०० तोकी बिक्री गर्न सकिने छ । यसरी सार्वजनिक बोलकबोलको माध्यमद्वारा बिक्री गर्दा प्रति सेयर रु. १०० भन्दा बढी प्राप्त हुन आउने रकम (Premium) लाई सम्बन्धित लघुवित्त वित्तीय संस्थाले छुट्टै Share Premium शीर्षक अन्तर्गत देखाउनु पर्नेछ ।

(घ) संस्थापक/संस्थापक समुह अन्तर्गतको बिक्री हुन नसकेको यस्तो हकप्रद सेयरको अंश प्रचलित व्यवस्था अनुरुप विद्यमान संस्थापकहरुलाई बिक्री गर्न सकिने छ । प्रचलित कानुन बमोजिम लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर अन्य व्यक्तिलाई बिक्री गर्नुपर्ने बाध्यात्मक अवस्थामा सेयर संख्या र औचित्यका आधारमा बाध्यात्मक रुपमा बिक्री गर्नु पर्नेछ ।

उक्त संस्थापक सेयर बिक्री गर्नका लागि खरिदकर्ताको पहिचान गर्ने सम्बन्धमा देहायको प्रकृया अवलम्बन गर्न सकिनेछः

संस्थापक सेयर सार्वजनिक सूचना गरी बोलकबोल (गोप्य सिल्डटेण्डर) को माध्यमबाट प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको नीति एवम्निर्देशन विपरित नहुने गरी सम्बन्धीत लघुवित्त वित्तीय संस्थाका विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थालाई बिक्री गर्न खरिदकर्ता छनौट गर्न, प्रचलित कानुन तथा विद्यमान निर्देशनमा भएको व्यवस्था बमोजिम यसरी संस्थापक सेयर खरिद गर्ने खरिदकर्ता संस्थापक समुहमा नै पर्ने व्यहोरा समेत जानकारी गराउने ।

संस्थापक सेयर खरिदकर्ता पहिचान भइसकेपछि चुक्ता पँुजीको २ प्रतिशतभन्दा घटी संस्थापक सेयर धारण गर्ने संस्थापक सेयरधनीको संस्थापक सेयरको हकमा बुँदा नं. १५ मा उल्लिखित प्रकृया अपनाई सेयर बिक्री वा नामसारी गर्नु पर्ने । तर, चुक्ता पुँजीको २ प्रतिशतभन्दा बढी सेयर स्वामित्व धारण गरेको अवस्थामा सेयर बिक्री/हस्तान्तरण वा नामसारी सम्बन्धी प्रकृया यस बैंकबाट स्वीकृति प्राप्त भएपछि मात्र अघि बढ्ने ।

यस प्रकृयाबाट सेयर खरिद गर्ने व्यक्ति/संस्था प्रचलित व्यवस्था अनुसार योग्यता पुगेको हुनु पर्नेछ ।

(ङ) लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयर निष्काशन गर्दा साविकका संस्थापक सेयरधनीहरुले खरिद गर्न पाउने हकप्रद सेयरको सम्पूर्ण वा आंशिक हक हस्तान्तरण गर्न चाहेमा प्रचलित कानुन बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था गरी चुक्ता पुँजीको २ प्रतिशत वा सोभन्दा कम सेयर लिएका संस्थापक सेयरधनीको हकमा सम्बन्धीत लघुवित्त वित्तीय संस्थाले देहायका सर्तको अधिनमा रही हक हस्तान्तरण गर्न सक्नेछन् ।

१. संस्थापक/संस्थापक समुहको हकप्रद सेयरको हक हस्तान्तरण संस्थापक समुहलाई पहिलो प्राथमिकता दिनु पर्नेछ ।

उपयुक्त बमोजिम संस्थापक/संस्थापक समुहको हकप्रद सेयरको हक हस्तान्तरण संस्थापक समुहलाई पहिलो प्राथमिकता दिँदा देहाय बमोजिमको प्रक्रिया अपनाउनु पर्ने गरी स्पष्ट गरिएको छः

हकप्रद सेयरको हक हस्तान्तरण गर्न चाहने सेयरधनीले बिक्री मूल्य तोकी हक हस्तान्तरण गर्न चाहेको निवेदन लघुवित्त वित्तीय संस्थामा पेश गर्नु पर्नेछ । यसरी निवेदन पेश गरेपछि ७ दिनको समय तोकी संस्थाले पहिलो प्राथमिकतामा परेका सेयरधनीलाई सूचना दिनु पर्नेछ । यसरी पहिलो प्राथमिकतामा परेका सेयरधनीेले ७ दिनभित्र सो मूल्यमा हक लिन नचाहेमा मात्र अन्य व्यक्ति वा संस्थालाई हस्तान्तरण गर्न सकिन्छ ।

२. खण्ड (१) बमोजिम संस्थापक समुहमा सेयरको हक हस्तान्तरण हुन नसक्ने अवस्था भएमा मात्र अन्य व्यक्ति वा संस्थालाई यस निर्देशनका अधिनमा रही सेयरको हक हस्तान्तरण गर्न सकिने छ ।

यसरी संस्थापक समुहको सेयरको हक हस्तान्तरण गरी लिने व्यक्ति वा संस्था पनि संस्थापक समुहमा नै समावेश हुने छ ।

३. प्रस्तावित संस्थापक सेयरधनी यस बैंकबाट जारी निर्देशन अनुसार संस्थापक सेयरधनीको लागि तोकिएको योग्यता (Fit & Proper Test) पुरा भएको हुनु पर्नेछ ।

४. प्रस्तावित संस्थापक सेयरधनी कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको हुनु पर्नेछ ।

५. प्रस्तावित संस्थापक सेयरधनीले आफ्नो लगानीको स्रोत खुल्ने कागजातका साथै पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र र÷वा कर दाखिला गरेको निस्सा समेत पेश गर्नु पर्नेछ ।

६. उल्लिखित व्यवस्थाको अधिनमा रही हकप्रद सेयरको हक हस्तान्तरण गरेको विवरण यस बैंक समक्ष पेश गर्नु पर्नेछ ।

(च) खण्ड (क) देखि (ङ) सम्म जुनसुकै कुरा लेखिएको भएतापनि लघुवित्त वित्तीय संस्थाका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, सचिव वा लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पद छाडेको कम्तीमा १ वर्षसम्म सम्बन्धीत लघुवित्त वित्तीय संस्था वा त्यसको सहायक कम्पनीको हकप्रद सेयर अन्य कुनै पनि व्यक्ति वा संस्थालाई हक हस्तान्तरण गरिदिन वा अन्य कुनै पनि व्यक्ति वा संस्थाबाट हक हस्तान्तरण स्वीकार गरिलिन हुँदैन ।

उल्लिखित प्रक्रिया नपुर्‍याइ संस्थापक सेयर खरिद/बिक्री गरेमा सम्बन्धित संस्थापक सेयरधनीलाई देहाय बमोजिमको कारबाही हुनेछ ।

(अ) नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम सचेत गराउने लगायतका अन्य कारबाही ।

(आ) बिक्रेता संस्थापक सेयरधनीको संस्थापक सेयर सोही संस्थाले जफत गर्न सक्ने ।

(इ) खरिदकर्ता र बिक्रेतालाई सेयर खरिद/बिक्री गरेको मितिले ५ वर्षसम्म अन्य संस्थाको संस्थापक सेयरमा लगानी गर्न र इजाजतपत्रप्राप्त कुनै पनि संस्थाको सञ्चालक हुन बन्देज लगाउने ।

GBIME

प्रतिक्रिया दिनुहोस्