Shikhar Insurance

विष्णु न्यौपानेः जसले बुक बिल्डिङ र सेयर बजार ध्वस्त पारे, नियामक लथालिंग बनाए

सिंहदरबार संवाददाता
२०७८ पुष १८, आईतवार ११:५६
NIMB
Nabil Bank

काठमाडौं ।  विष्णु न्यौपाने, जसले धितोपत्र बजारको नयाँ युग बुक बिल्डिङसँगै धेरैको करिअर नै खाईदिए । न्यौपानेको लहैलहैमा लागेर सस्तोमा सर्वाेत्तमको सेयर किन्दा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाको जागिर गयो र अहिले उनी मुद्धा मामिलामा छन् । नेप्सेका सिईओ चन्द्र सिंह साउँदले केहि महिना कार्यकाल छँदै हात धुनु पर्यो । साउँदले हात मात्रै धुनु परेन्, उनी नेप्सेमा दोहोरिने पक्का जस्तै थियो । अहिले त्यहि सर्वाेत्तमका कारण गुमनाम घर बसिरहेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पनि धितोपत्र बोर्ड सञ्चालक समिति सदस्यबाट राजीनामा दिनु पर्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

बुक बिल्डिङ मार्फत निष्काशनका लागि प्रति कित्ता ६७५ रुपैँया प्रस्ताव गरेको सर्वाेत्तम सिमेन्टले नियामक र शक्तिशाली व्यक्तिहरुलाई त्यहि सेयर प्रति कित्ता २५० रुपैँयामा बेचेको थियो ।

यी त भए प्रत्यक्ष देखिएका केहि आउटपुट । त्यस बाहेक धितोपत्र बोर्ड र नेप्से नेतृत्व बिहिन बनेका छन्, जसले पुँजी बजारको नियमित विकासमा समेत असर गरिदिएको छ । बोर्ड अध्यक्ष नियुक्ती प्रकरण त यति गिजोलिएको छ की प्रधानमन्त्री, अर्थमन्त्री हुँदै योजना आयोग उपाध्यक्ष र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै सेयर बजारको दौडमा तानिदिएको छ । अहिले सेयर बजारमा जे जे भैरहेको छ, त्यसको पृष्ठभूमिमा उनै न्यौपाने र सर्वाेत्तम काण्ड आउँछ । न्यौपानेले सर्वाेत्तमका नाममा अनावश्यक चलखेल र शक्तिकेन्द्र रिझाउन सस्तोमा सेयर नबेचेको भए न धितोपत्र बोर्ड नेतृत्व बिहिन हुन्थ्यो, न त नेप्से नै ।

त्यति मात्रै होइन, बुक बिल्डिङबाट सेयर निष्काशन गर्ने निर्णय गरेर बसेका रिलायन्स स्पिनिङ मिलदेखि डिस होम र अर्घाखाँची सिमेन्टको निष्काशन प्रक्रिया समेत अलमलमा परेको छ । किनकी बुल बिल्डिङको हुर्मत लिने काम उनै बिष्णु न्यौपाने नेतृत्वको सर्वाेत्तम सिमेन्टले गरेको छ । रिलायन्स स्पिनिङदेखि डिस होमसम्मले बुक बिल्डिङबाट सेयर निष्काशन गर्ने अन्तिम तयारी गरिररहेका हुन्थे भने अन्य केहि रियल सेक्टरका कम्पनीहरु पनि धमाधम प्रक्रिया अघि बढाईरहेका हुन्थे ।

बिष्ण्ुा न्यौपाने नै त्यस्ता व्यवसायी हुन्, जसले सिमेन्ट र डण्डी उद्योगीहरुका बीचमा पनि अस्वस्थ प्रतिष्पर्धाको नमुना देखाईरहेका छन् । मूल्य प्रतिष्पर्धामा न्यौपानेले मनलाग्दी गर्दै आएको एक सिमेन्ट उद्योगीले बताए । ‘बिष्णु न्यौपानेका कारण सिमेन्ट उद्योगीहरु पनि हैरान छौं, कहिले मूल्यमा अस्वस्थ प्रतिष्पर्धा गर्छन, कहिले नीतिगत लबिङ गर्दा अण्टसण्ट प्रस्ताव ल्याउँछन्’, एक सिमेन्ट उद्योगीले भने । न्यौपानेलाई अधिकांश सिमेन्ट तथा डण्डी उद्योगीहरुले दाई भनेर सम्बोधन गर्छन् तर सबै जसो उनीसँग रुष्ट रहेको पनि ति उद्योगीले बताए ।

जगदम्बा स्टिलमा पनि उनै न्यौपानेको प्रमुख लगानी छ, जुन कम्पनी मूल्य र गुणस्तरमा व्यापक प्रश्न उठिरहनेमा पर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्