Shikhar Insurance

‘यो जुनिमा गरिब हुन्न’ भन्ने पनि सडकमा, ३ अर्बका मालिकको खातामा १० हजार बाँकी

सिंहदरबार संवाददाता
२०७८ पुष १८, आईतवार १२:११
NIMB
Nabil Bank

काठमाडौं । ५७ वर्षीय रोब लोयडलाई कुनै समय वेल्सका सबैभन्दा धनी व्यक्तिहरूमा गनिन्थ्यो । उनी ‘यो जुनिमा गरिब हुन्न’ भन्न समेत भ्याउँथे ।

गरिब हुने कहिल्यै कल्पना गरेका थिएनन् । तर एक समय यस्तो आयो जब उनीबाट यी सबै खोसिएर उनी गरिबीको छेउमा पुगे ।

Citizen Life
Kumar Bank
Nepal Life

‘डेली स्टार’को समाचार अनुसार रोबको वार्षिक तलब ३ करोड ५२ लाख रुपैयाँभन्दा बढी थियो । यससँगै उनको बैंकमा करोडौं रुपैयाँ पनि जम्मा भएको छ, उनले रेसिङ यार्ड बनाउन ६० करोडभन्दा बढी खर्च गरेका छन् भने २० करोडभन्दा बढीको घोडा किनेका छन् ।

उनी ३ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सम्पत्तिका मालिक थिए भने उनको इटोनफिल्ड ग्रुप नामको कम्पनी पनि थियो । उनी सन् २००९ मा च्यानल ४ को हिट शो द सेक्रेट मिलियनेयरमा देखा परेका थिए।

तर, २०११ सालमा घरजग्गा बजारमा घाटा हुँदा उनी २ अर्ब ६२ करोडभन्दा बढी ऋणमा डुबेका थिए । यससँगै उनी बहामासमा ठगीको सिकार पनि बनेका छन्, यहाँ एक ठगले डड्गी डिलमार्फत करोडौं ठगी गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्