Shikhar Insurance

नेपाली बैंकिङ इण्डष्ट्रीमा व्यावसायिक भविष्य नदेखेपछि २७ वर्षपछि फर्कियो आईएफआईसी

रोविन पौडेल
२०७८ पुष २१, बुधबार १२:१७
NIMB
Nabil Bank

काठमाडौं । बंगलादेशी बैंक इन्टरनेसनल फाइनान्स इन्भेन्टमेन्ट एन्ड कमर्स (आईएफआईसी) बैंकले नेपालमा गरेको लगानी फिर्ता लैजाने भएको छ । नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको ४ करोडभन्दा बढी कित्ता सेयर बेचेर बंगलादेशी बैंक नेपालबाट बाहिरिने भएको हो ।

नेपाली बैंकिङ इन्डस्ट्रिमा लगानी गर्ने आईएफआईसी आधा दर्जन विदेशी वित्तीय संस्थामध्ये एक हो । तर, नेपाल बंगलादेश बैंकमा गरेको लगानीबाट प्राप्त प्रतिफल स्वदेश लैजान नपाएपछि आईएफआईसीले फर्किने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

आईएफआईसीले एनबीमा गरेको लगानीबाट पछिल्लो ७ वर्षमा ९३ करोड ९० लाख रूपैयाँ नगद लाभांश पाएको छ जुन कम्पनीले बंगलादेश लगिसकेको छ । बोनस सेयरका रूपमा प्राप्त १ अर्ब ८१ करोड ७१ लाख रूपैयाँ (१ करोड ८१ लाख ७१ हजार कित्ता प्रतिकित्ता १ सयका दरले) भने आईएफआईसीले पुँजीका रूपमा एनबी बैंकमै लगानी गर्नु परेको छ ।

वि.सं. २०५१ मा नेपाल बंगलादेश बैंक २४ करोड रुपैयाँ अधिकृत पुँजी तथा ६ करोड रुपैयाँ चुक्तापुँजीसहित खुलेको थियो । त्यसयता आईएफआईसीले नेपाल राष्ट्र बैंकको पुँजीवृद्धि नीतिमा साथ दिँदै हकप्रद सेयरमा करिब डेढ १ अर्ब रुपैयाँ लगानी थपेको छ भने बोनस सेयरवातपतको करिब २ अर्ब रूपैयाँ स्वदेश लैजान पाएको छैन ।

करोडौं रुपैयाँ लगानी गरेपनि आईएफआईसीले सोचेअनुसार प्रतिफल नभएको महसुस गरिरहेको थियो । अहिले राष्ट्र बैंकले बिग मर्जरलाई प्राथमिकता दिएपछि बंगलादेशी बैंक आफ्नो लगानी झिक्न तत्पर भएको हो ।

आईएफआईसीले गत असारमै एनबी बैंकमा आफ्नो नाममा भएको सेयर बेच्न खोजेको थियो । त्यतिबेला संस्थापक सेयरधनीलाई सेयर बेच्ने भनिएकामा कोही पनि संस्थापकले सेयर किन्न नसकेपछि लगानी झिक्ने आईएफआईसीको योजनाले मुर्तरुप पाउन सकेको थिएन ।

नयाँ आर्थिक वर्ष लागेपछि मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले थप सहुलियतको कार्यक्रम अघि सार्‍यो । सेयर बेच्न तयार भइसकेको आईएफआईसीलाई ती लाभले झन् आकर्षित गर्‍यो ।

विज्ञकै निसानामा बैंक तथा वित्तीय संस्था, धेरै कमाएकै हुन् त ?

अर्कातर्फ धनाढ्य बिनोद चौधरीको मुख्य लगानी रहेको नबिल बैंक उपयुक्त पार्टनरको खोजीमा थियो । वित्तीय सूचकांक ठीकठाक रहेको एनबी बैंकको व्यवस्थापन पनि लोभ्याउँदो थियो । असारमा युनाइटेड फाइनान्सलाई प्राप्ति गरेको नबिललाई आफ्नो शाख कायम गर्ने वाणिज्य बैंक पार्टनरको रुपमा चाहिएको थियो ।

दुई परिदृष्य एक आपसमा म्याच भए । लगानी झिक्ने भएपछि आईएफआईसीलाई नेपाल बंगलादेश बैंकको अस्तित्वको मतलब थिएन । चौधरीले आईएफआईसीको नाममा रहेको एनबीको सेयर किने नबिल बैंकको शाख पनि यथावत रहने र आईएफआईसीले लगानी झिक्न पनि पाउने, ‘विन–विन’ स्थिति सिर्जना भयो ।

 

लगानी फिर्ता गर्ने स्थिति पैदा कसरी भयो ?

ढाकाबाट प्रकाशित हुने डेली स्टारमा संवाददाता जमिर उद्दिन लेख्छन्, “आईएफआईसी हिमालयन राज्य नेपालमा व्यावसायीक भविष्यको सम्भावना नदेखेपछि त्यहाँको नेपाल बंगलादेश बैंकमा रहेको ४० प्रतिशत सेयर बेच्न ठीक्क परेको छ । एनबीमा आईएफआईसीको ४ करोड १२ लाख कित्ता सेयर छ ।”

बंगलादेशी पत्रिकाका अनुसार सेयर बेच्ने सम्झौताको थालनी भइसकेको जानकारी आईएफआईसीले ढाका स्टक एक्सचेन्जलाई गराइसकेको छ ।

डेली स्टारका अनुसार डिसेम्बर २९ मा सेयर बेच्ने सम्झौता भइसकेको छ र त्यसको २ दिनपछि आईएफआईसी र एनबीमा छुट्टाछुट्टै छलफल भएको थियो । त्यसपछि आईएफआईसीका केही अधिकारीहरुले उनीहरूको लगानी व्यवहारिक नभएको प्रतिक्रिया दिएका छन् । यद्यपि उनीहरूले कारण बताउन नचाहेको समाचारमा उल्लेख गरिएको छ ।

नेपालको बैंकिङ इन्डस्ट्रिमा गरिएको लगानी फिर्ता लगिएको यो प्रतिनिधि घटना हो । गरेको लगानीको नगद प्रतिफल नपाउने, पाएको प्रतिफल पनि स्वदेश लैजान झन्झट बेहोर्नुपर्ने कारण बंगाली बैंकले नेपालबाट हात झिकेको हो । यो क्रमले भविष्यमा पनि निरन्तरता पाउनेछ ।

लगानी गर्ने तर प्रतिफल जति सबै पुँजीका रुपमा बैंकमा राख्नुपर्ने भएपछि बंगलादेशी बैंकले नेपाली वित्तीय उद्योगमा व्यवसायीक सम्भावना नदेखेको हो ।

बैंकले एनबीमा पटकपटक गरी करिब डेढ अर्ब रुपैयाँ थप पुँजी लगानी गरेको छ । यो रकम बोनस सेयरबाहेकको हो । बोनस पनि जोड्दा ७ वर्षसम्मको १ अर्ब रूपैयाँ लगानी ४ अर्ब १२ करोड रूपैयाँ पुगेको हो ।

‘नाफा कम भयो’ भनेर राम्रा इन्भेस्टरले लगानी झिके बैंकको हविगत के होला ? GANESH RAJ POKHAREL | CEO

आर्थिक वर्ष २०६४/६५ मा नेपाल राष्ट्र बैंकको पुँजीवृद्धि नीतिमा साथ दिन बैंकले सघाएको थियो । त्यसपछि आईसीएफसीले एनबीमा रहेको बंगलादेशकै एशिया बैंकको सेयर पनि किनेको छ ।

आर्थिक वर्ष २०६६/६७ सम्म आईएफआईसीको १८ करोड ४५ लाख रुपैयाँमात्र लगानी भएपनि आव २०७१/७२ सम्म आइपुग्दा करिब १ अर्ब पुगेको थियो ।

त्यसयता आईएफआईसीले चुक्तापुँजी ८ अर्ब रुपैयाँ बनाउने राष्ट्र बैंकको योजना अनुरुप आर्थिक वर्ष २०७२/७३ मा बैंकले पुनः पुँजी थप्नुपर्‍यो । सो बेला नेपाल बंगलादेश बैंकले १० बराबर ८ को अनुपातमा हकप्रद जारी गरेकामा आईएफआईसीले बंगलादेशबाट १ अर्ब ३१ करोड नेपाली रुपैमा नेपालमा लगानी थपेको थियो ।

 

आर्थिक वर्ष २०६८/६९ अघि नेपाल बंगलादेश बैंकमा पुँजी यसरी थपिएको छः

नेपाल बंगलादेश बैंकका अनुसार ६ करोड रुपैयाँ प्रारम्भिक पूँजीसहित खुलेको वि.सं. २०५१ जेठ २३ गतेदेखि सञ्चालनमा आएको नेपाल बंगलादेशले आव २०५६/५७ मा बोनस सेयर बाँडेको थियो । यसबाट बैंकमा १२ करोड रुपैयाँ पुँजी बढेको थियो । लगत्तै आव २०५९/६० मा बैंकले हकप्रद सेयर जारी गरेको थियो । त्यसयता बैंकले एनबि फाइनान्स एन्ड लिजिङ कम्पनी र नेपाल श्रीलंका मर्चेन्ट बैंकिङ फाइनान्स कम्पनी प्राप्ति गरेको छ भने आव २०६५/६६ मा हकप्रद सेयर जारी गरेको छ ।

 

आव २०६९/७० पछि यसरी दिइरहेको छ प्रतिफल, प्राथमिकतामा बोनस सेयर

नेपाल बंगलादेश बैंकले आर्थिक २०६९/७० यता निरन्तर लाभांश दिइरहेको छ । तर, हरेक वर्ष बैंकको ध्यान बोनस सेयर बाँड्नमा छ । बैंकले आव २०७०/७१ र आव २०७४/७५ मा मात्र सेयरधनीलाई बोनस सेयरभन्दा बढी नगद लाभांश दिएको छ ।

कुन वर्ष कति ?

 

वर्षेनी यसरी बढिरहेको छ नेपाल बंगलादेश बैंकमा आईएफआईसीको लगानीः

 

जति प्रतिफल पायो सबै पुँजीकै रुपमा थप्नुपर्ने भएपछि लगानी झिक्ने सुर

बंगलादेशी पत्रिकले उल्लेख गरेको ‘व्यवसायीक भविष्य समाप्त’ले वाणिज्य बैंकहरुलाई गम्भीर संकटमा धकेल्ने संकेत गरेको छ । विदेशी साझेदार निस्केर जानुले नेपालको अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रमा शाख त गिराउँछ नै प्रविधि र सिप हस्तान्तरणको बलियो माध्यममा पनि पूर्णबिराम लगाउँदछ ।

आईएफआईसी बैंक नेपालबाट निस्केर जानुको कारण जति प्रतिफल पायो सबै पुँजीकै रुपमा थप्नुपर्ने बाध्यकारी व्यवस्था हो । नेपाल राष्ट्र बैंकले नगद लाभांशलाई निरुत्साहन गरेको छ ।

बोनस सेयर पुँजीकरण भएर चुक्तापुँजीमा थपिन्छ । त्यसको प्रतिफल खान सेयर बेच्नुपर्ने हुन्छ । तर, संस्थापक सेयर बेच्न सहज छैन । यसर्थमा हरेक वर्ष औसतमा १० प्रतिशत लगानी एनबीमा बढ्दो छ, जुन रकम लगानीकर्ताले झिक्न चाहन्छ ।

जसका कारण हरेक वर्षको प्रतिफल नेपाल बंगलादेश मै पुँजी लगानीका रुपमा थप्न बाध्य छ आईएफआईसी ।

हेरौं, आईएफआईसीले कुन वर्ष कति प्रतिफल पायो ? कति स्वदेश लग्यो ? र कति पुँजीका रुपमा थप्यो ?

पछिल्लो ७ वर्षको तथ्यांक हेर्ने हो भने आईएफआईसीले एनबी बैंकमा गरेको लगानीबाट कुल २ अर्ब ७५ करोड ६२ लाख ५२ हजार रुपैयाँ प्रतिफल पाएको छ । जसमध्ये ९३ करोड ९० लाख ९८ हजार रुपैयाँ नगद लाभांश स्वदेश लगेको छ भने बाँकी १ अर्ब ९१ करोड रुपैयाँ बोनस सेयरका रुपमा प्राप्त प्रतिफल हो जुन एनबी बैंकमै पुँजीका रुपमा जोडिएको छ ।

अर्थात् बैंकले आव २०७१/७२ सम्म गरेको ९९ करोड ४७ लाख २२ हजार रुपैयाँ पुँजी बढेर ४ अर्ब १२ करोड ४६ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्