Shikhar Insurance

टानको अध्यक्षमा उम्मेदवारी दिन लागेका निलहरि बाँस्तोला को हुन् ?

सिंहदरबार संवाददाता
२०७८ पुष २३, शुक्रबार १०:५२
NIMB
Nabil Bank

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान)को अध्यक्षमा युवा पर्यटन व्यवसायी निलहरी बाँस्तोलाले उम्मेद्वारी दिने भएका छन् ।

टानको पूर्व उपाध्यक्षसमेत रहनुभएका बाँस्तोलाले आगामी माघ २८ गते हुन लागेको ४३ औँ साधारण सभा एवम् निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बाँस्तोलाले नेपालको पर्यटन क्षेत्रमा गौरवमय ईतिहास बोकेको टानलाई अझै शशक्त व्यवसायीक संस्थाको रुपमा अगाडि बढाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए ।

“नेपालको पर्यटन उद्योगको मुख्य आधार नै पर्वतीय पर्यटन हो, कोभिडले थलिएको समग्र पर्यटन व्यवसायलाई नै पुर्नउत्थान गर्न टानको प्रमुख भूमिका हुने भएकाले मैले टानको नेतृत्व गर्न चाहेको हो,” उनले भने । टानमा देशभरका दुई हजारभन्दा बढी व्यवसायीहरु आवद्ध छन् ।

विस २०३५ पुस २९ गते सगरमाथाको काख सोलुखुम्बु नेचा सल्यान गाउँपालिकामा जन्मनुभएका बाँस्तोला जन्मदेखि नै पर्यटकीय गतिविधिमा परिचित भए । १६ वर्षको कलिलो उमेरदेखि पर्यटकीय गतिविधिमा सामेल भएका बाँस्तोला विस २०५२ सालदेखि भने पूर्ण रुपमा पर्यटन व्यवसायमा आवद्ध भए ।

विस २०५८ सालदेखि एशियन हेरिटेज कम्पनीमार्फत सक्रिय बाँस्तोलाको हाल एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, हस्तकला निर्यातलगायतका व्यवसाय सञ्चालन गर्दै आउका छन् ।

उनले सन् २००२ मा टानको साधारण सदस्य लिएका थिए । बाँस्तोलाले पर्वतीय पर्यटनको विस्तारका लागि देश तथा विदेशमा भ्रमण गरेका छन् । टानको साधारण सदस्य लिएसँगै टानको विभिन्न समितिमा रहेर नेतृत्वदायी भूमिकामा रहेर काम गरेको अनुभव बाँस्तोलासँग छ ।

एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत भूकम्प, नाकाबन्दी र कोरोनाको समयमा अग्र भागमा रहेर सामाजिक कार्य गर्दै आएका बाँस्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य एवम् सन् २०१७–२०१९ मा द्धितीय उपाध्यक्ष निर्वाचित भएको थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्