Shikhar Insurance

डेढ गुणाले बढ्यो ट्याक्सी भाडा, यात्रु चढ्नेवित्तीकै चालकले भिजिटिङ कार्ड दिनैपर्ने

सिंहदरबार संवाददाता
२०७८ पुष २४, शनिबार १०:३१
NIMB
Nabil Bank

काठमाडौं । बाग्मती प्रदेशमा ट्याक्सी भाडा बढेको छ । बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले माघ १ गतेदेखि लागु हुने गरी प्रदेशमा चल्ने ट्याक्सी भाडा तोकेको हो ।

अबदेखि बाग्मती प्रदेशमा ट्याक्सी चढ्नेवित्तीकै ६० रूपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि देशभर ट्याक्सी चढ्नेवित्तीकै ३९ रूपैयाँ तिर्नुपर्ने गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

३ वर्षपछि ट्याक्सीको भाडा समायोजन भएको हो । पछिल्लो पटक संघीय सरकारले २०७५ जेठमा भाडा बढाएको थियो ।

प्रदेश सरकारले भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली, २० बनाएपछि माघ १ बाट लागु हुने गरी नयाँ भाडादर तोकेको हो ।

नयाँ भाडदर अनुसार सुरूको १ किमि यात्रा गरिसकेपछि प्रत्येक २०० मिटरको ९ रूपैयाँ ८० पैसा तिर्नुपर्नेछ ।

बाग्मती सरकारले ट्याक्सीहरू पूर्ण रूपमा मिटरमा चल्नुपर्ने, ट्याक्सी चढ्नेवित्तीकै चालकको भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्