Shikhar Insurance

‘अहिलेको तरलता संकट दीर्घकालीन हो, कर्जाको ब्याजदर बढ्छ तर साना ऋणीको प्रोटेक्ट गर्छौं’

सिंहदरबार संवाददाता
२०७८ पुष २५, आईतवार १३:२३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको तरलता संकट अघिल्ला वर्षका झैं नभएको बताएका छन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा गभर्नर अधिकारीले यो संकट अघिल्ला वर्षको झैं नभएर दीर्घकालको रहेको बताएका हुन् ।

“अघिल्ला वर्षहरुमा पनि तरलता समस्या हुन्थ्यो तर, यो वर्ष भने बैंकिङ प्रणालीमा दीर्घकालीन तरलता समस्या हुने देखिएको छ,” अधिकारीले भने, “चालू आर्थिक वर्षको सुरुवातबाटै देखिएको तरलता समस्या अझै लम्बिने संकेत गरेको छ ।” राष्ट्र बैंकले पनि व्यवस्थापनका लागि धेरै मौद्रिक उपकरण प्रयोग गरिरहेको उनले दाबी गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

अधिकारीले तरलता अभावले निक्षेपको ब्याजदर वृद्धि हुँदा कर्जाको पनि बढिरहेको बताएको छ । असार मसान्तसम्म औसत ८.८३ प्रतिशत रहेको कर्जाको ब्याजदर कात्तिक मसान्तसम्म ९.१ प्रतिशत पुगेको तथ्यांक गभर्नर अधिकारीको छ । “डिपोजिटको लागत बढेको कारणले आगामी दिनमा पनि कर्जाको ब्याजदर बढ्ने निश्चित छ,” उनले भने, “तर, राष्ट्र बैंकले ब्याजदर बढेपनी साना ऋणीलाइ प्रोटेक्सन गर्ने नीति ल्याउनेछ ।”

गभर्नर अधिकारीले धान उत्पादन घटेकाले चालू आवमा ७ प्रतिशतको आार्थिक वृद्धिदर हासिल हुन मुस्किल हुने अनुमान गरेका छन् । सार्वजनिक लेखा समितिले मुलुकको वर्तमान आर्थिक अवस्थाका विषयमा गरेको छलफलमा गभर्नर अधिकारीले अहिले उच्च आयातले आर्थिक सुचकमा दवाब भएपनि त्यसको सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे ।

उनले उच्च आयातको प्रभाव नै तरलतामा परेको बताए । ” उच्च आयातको प्रभाव सञ्चितिमा , सोधनान्तर र चालु खातामा मात्रै नभएर तरलतामा पनि पर्यो,” उनले भने, ” उच्च आयात फाइनान्स गर्न कर्जा उच्च वृद्धि भयो, कर्जा आयात गर्न नगएको भए उच्च वृद्धिले पनि समस्या हुने थिएन ।”

विगतमा तरलता समस्या मौसमी हुने गरेपनि यो वर्ष सुरूवातबाटै रहेको जिकिर उनको छ । अधिकारीले विगतमा पनि साना ऋणिलाई जोगाइरहेको राष्ट्र बैंकले ब्याजदर बढेपनि जोगाउने विश्वास दिलाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्