इन्द्र चोङबाङ्ग भए यामाहा ‘रेस फर द एस’का विजेता

सिंहदरबार संवाददाता
२०७८ पुष २५, आईतवार १७:२१

काठमाडौँ । “रेस फर द एस” को विजेता इटहरीका इन्द्रनारायण चोङबाङ भएका छन् । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राईजेजले दसैँलाई लक्षित गरी सुरु गरेको दसैं स्कीममा चोङबाङले उपाधि जितेका हुन् ।

भाद्र १५ बाट सुरु गरिएको यस दसैँ स्कीम मंसिर १४ सम्म भएको थियो ।

९ हप्तासम्म चलेको यस स्कीमको अवधीभरि यामाहाको जुनै बाइकको खरिदामा पनि ग्राहकलाई ८ ,०००/- देखि १००,०००/- सम्मको तत्काल छुट दिइएको थियो । त्यसैगरी, स्कीम अवधीभरि बाइक खरिद गर्ने ग्राहकलाई हरेक हप्ता एक गोल्डेन एस टिकट र बम्पर बिजेताका लागि तीन गोल्डेन एस टिकट जित्ने मौका प्रदान पनि गरिएको थियो । प्रत्येक हप्ताका एस कार्ड बिजेताहरूलाई ४ तोला सुन र बम्पर बिजेतालाई १२ तोला सुन पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

नेपालभरिबाट लक्की ड्रमार्फत बिजेताहरू छनौट गरिएको यस “रेस फर द एस”स्कीमका बम्पर बिजेता इन्द्र नारायण चोङबाङले तिरुपती अटो सिटीबाट यामाहा एफजी डबल डिस्क ब्रेक खरिद गरेका थिए ।

यामाहा नेपालले आगामी दिनहरूमा पनि यस किसिमका स्कीमहरूलाई निरन्तरता दिइराख्ने एमएडब्लु इन्टरप्राईजका लागि कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्