Shikhar Insurance

सिटिजन लाइफमा आबद्ध सबैले ओम हस्पिटलबाट विशेष छुटमा स्वास्थ्य सेवा पाउने

सिंहदरबार संवाददाता
२०७८ पुष २६, सोमबार १०:१७
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले र ओम हस्पिटलसँग सहकार्यको सम्झौता गरेको छ । कम्पनी र अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको हो ।

कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज गराउन स्वास्थ्य सम्वन्धि आवश्यक सहयोग पु¥याउने उद्देश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन केयर सुविधा अन्तर्गत ओम हस्पिटलसँग सम्झौता गरेको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सम्झौता अनुसार सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन ।

सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरे । यस सम्झौताले कम्पनीसँग आबद्ध सबैजना लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको र आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गर्दै जाने योजना रहेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्