Shikhar Insurance

नर्भिक अस्पतालमा पनि सित्तैमा कोभिड–१९ खोप लगाउन पाइने

सिंहदरबार संवाददाता
२०७८ पुष २८, बुधबार २१:३८
NIMB
Nabil Bank

काठमाडौं । निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र सञ्चालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेशनल हस्पिटलले पनि पुस २९ गते(बिहीबार)देखि खोप केन्द्र संचालन गर्ने भएको छ ।

काठमाण्डौको थापाथलीस्थित नर्भिक अस्पतालले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न खोपकेन्द्र संचालन गर्ने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सरकारी स्वास्थ्य संस्थाहरुको सहकार्यमा खोपकेन्द्र संचालन गर्न लागिएको हो । स्वास्थ्यमन्त्रालयले तोकेको उमेर समूह र लक्षित वर्गका लागि दैनिक रुपमा खोपकेन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

साबिकको ज्वरो क्लिनिक परिसरमा व्यवस्थित ढंगले खोप अभियान संचालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको मिश्रले बताए ।

उनकाअनुसार स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना हुने गरी व्यवस्थित ढंगले खोप अभियान संचालन हुनेछ ।

नर्भिकमा हाल कोभिशिल्ड र भेरोसेल गरी दुई खालका खोप उपलब्ध हुनेछन् । सर्वसाधारणले नर्भिकको खोप केन्द्रमा आएर सुरक्षित ढंगले खोप लगाउनसक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्