Shikhar Insurance

चार्टर फ्लाइटको अनियमितता छानबिन गर्न समिति गठन, योगेश भट्टराई फन्दामा !

सिंहदरबार संवाददाता
२०७८ पुष ३०, शुक्रबार १०:२२
NIMB
Nabil Bank

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हबाइ उद्धार गर्न गरिएको चार्टर फ्लाइटमा भएको अनिमियताका विषयमा एक छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिका सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन् । समितिले शुक्रबारदेखि आफ्नो कामको थालनी गर्ने संयोजक लुईंटेलले बताए । उक्त समितिलाई १० दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईको कार्यकालमा खाडी मुलुकका कामदारको उद्धारका लागि चाटर्ड फ्लाईट गरिएको थियो । ति फ्लाइटहरुमा मिलेमतो गरि करोडौं अनियमितता गरिएको आरोप लाग्दै आएको छ । अध्ययन समितिले कैफियत फेला पारेमा तत्कालिन मन्त्री योगेश भट्टराई समेत मुछिने सम्भावना छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्