Shikhar Insurance

अन्ततः हिमालयन–इन्भेष्टमेण्ट बीचको बिग मर्जर भाडिँयो

सिंहदरबार संवाददाता
२०७८ पुष ३०, शुक्रबार १५:०२
NIMB
Nabil Bank

काठमाडौं । पछिल्लो ९ महिना नेपाली बैंकिङ इन्डष्ट्रिको चर्चित हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीचको बिग मर्जरले हावा खाएको छ । दुई ठूला बैंक एक हुने गरी वैशाख देखि अघि बढेको कुरा पुस मसान्तमा आएर सबै प्रयास विफल भएका हुन् ।

हिमालयन बैंकको शुक्रबारको साधारणसभामा मर्जरको पक्षमा बहुमत पुग्न सकेन । विशेष गरी ठूलो लगानीकर्ता कर्मचारी सञ्चय कोष यो प्रक्रियाको विपक्षमा थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैगरी सर्वसाधारण लगानीकर्ता र जानकार पनि यो मर्जर भए बैंकिङ उद्योग सिमित व्यक्तिको चंगुलमा पुग्ने तर्क गर्दै आएका थिए । बन्ने भनिएको हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक सेता हात्ति बन्ने र नेपाली बैंकिङ इन्डष्ट्रिकै लागि प्रतिकुल हुने टिप्पणी गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर हिमालयन शमशेर राणा र पारिवारिक सम्बन्ध भएका पृथ्वीबहादुर पाँडे सहित उनीहरुका आफन्तको सर्कलमा बन्ने बैंक पुग्ने भएकाले यो मर्जरको सर्वत्र विरोध थियो ।

यस्तै सानो भएपछि सम्पत्ति तथा वित्तीय सूचकमा बलियो र कम दायित्व भएको हिमालयनभित्रै कर्मचारीहरु विपक्षमा थिए ।

यसकारण हिमालयनको शुक्रबारको वार्षिक साधारणसभा विशेष थियो ।

तर, साधारणासभामा १४ प्रतिशत सेयर रहेको कर्मचारी सञ्चय कोषले मर्जरको विपक्षमा मतदान गरेपछि भर्जर भाँडिएको हो ।

हिमालयन बैंकका तत्कालीन प्रशासक तुल्सीप्रसाद गौतम, राणा र पाँडे परिवारको आर्थिक प्रलोभनमा परेर हिमालयनलाई कौडीको भाउमा मर्जरमा लैजाने खेलको सुरुवात गरेको आरोप छ । उनै गौतम कोषबाट पदच्युत भएपछि कोष र हिमालयनका वर्तमान अध्यक्षसमेत रहेका प्रचण्ड श्रेष्ठ मर्जरको विपक्षमा लागिरह्यो । उनीहरुलाई अरु सेयरधनीको पनि साथ मिलेपछि दुई परिवार र नेपाल राष्ट्र बैंकको मिहिनेत समेत खेर गएको छ ।

शुक्रबारको वार्षिक साधारणसभामा मतदाता सेयरधनीले वार्षिक प्रतिवेदन पारित गरेपनि मर्जरको प्रस्ताव पारित हुन दिएनन् ।

हिमालयनभन्दा निकै कमजोर मानिएको इन्भेष्टमेण्टलाई १ बराबर १ स्वाप दिने तय भएसँगै मर्जरको विपक्षमा आवाज उठेको थियो ।

हिमालयन बैंकका अधिकांश सेयरधनीको मत स्वाप रेसियो बढीमा १०० बराबर ७८ हुनुपर्ने तर्क छ । सेयर प्रिमियममा लाग्ने कर वक्यौता र उत्तरढोका स्थित जग्गाले सम्पत्ति घटाउने र दायित्व बढाउने तर्क उनीहरुको छ ।

साधारणसभामा प्रस्ताव पारित गराउन ७५ प्रतिशत मत आवश्यक छ तर मर्जरको पक्षमा आवश्यक मत नपुगेपछि हालसम्मकै ठूलो मर्जरको प्रक्रिया ‘द इन्ड’ भएको छ ।

अब, दुई बैंक डिमर्जरको प्रक्रिया आरम्भ हुनेछ । उनीहरुले अब भिन्दाभिन्दै पार्टनर खोज्नुपर्नेछ । नत्र, दुवै बैंकको सेयर कारोबार कम्तिमा ३ वर्ष रोक्का हुनेछ । मर्जर भाँडिएपछि सेयर लगानीकर्तामाथि ठूलो अन्याय भएको छ भने सेयर लगानीमा जोखिम थपिदिएको छ ।

 

सिंहदरबारमा यसअघिः

हिमालयन–इन्भेष्टमेण्ट बिग मर्जर : नयाँ स्वाप रेसियो १००:७८, मतदानबाट हुँदैछ फैसला !

डीडीएमा इन्भेष्टमेन्ट भन्दा हिमालयन अब्बल, के हुन्छ मर्जर ?

हिमालयनसँग मर्जरमा जाने इन्भेस्टमेन्ट बैंकको निर्णय, अध्यक्ष पाँडे, सीईओ राणा

बिग मर्जर : नाम ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट’, अशोक राणा सीईओ, ज्योति पाण्डे डेपुटी, पाँडे अध्यक्ष

हिमालयन-इन्भेस्टमेन्ट मर्जरलाई दुवै बोर्डको स्विकृति, एकसाताभित्र एमओयू

बिग मर्जरः बिहीबार ३ बजे हिमालयन र इन्भेस्टमेन्टबीच सम्झौतापत्रमा हस्ताक्षर हुने

एक भए हिमालयन र इन्भेस्टमेन्ट, दुई महिनाभित्र एकीकृत कारोबार

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का, कहिले खुल्ला ?

मर्जर अघि कस्तो देखियो हिमालयन र नेपाल इन्भेष्टमेन्टको प्रगति ?

कर्मचारी सञ्चय कोषका प्रशासक गौतम पदमुक्त, के हुन्छ हिमालयन र नेपाल इन्भेष्टमेन्टको मर्जर ?

पेचिलो बन्दै हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जर, भाँडिए के हुन्छ ?

हिमालयन बैंकको अध्यक्षबाट हटाईए गौतम, के होला नेपाल इन्भेष्टमेन्टसँगको मर्जर ?

बिग मर्जरका लागि हिमालयन र इन्भेस्टमेन्ट चुके, राष्ट्र बैंकले दियो अन्तिम मौका

प्रचण्ड श्रेष्ठ बने हिमालयनको नयाँ अध्यक्ष, इन्भेस्टमेन्टसँगको मर्जर के होला ?

हिमालयनले २६ प्रतिशत लाभांश दिने, इन्भेष्टमेण्टभन्दा झन् अब्बल हुने प्रयास !

इन्भेष्टमेन्टसँग मर्जमा जान लागेको हिमालयनको वितरणयोग्य नाफा तीन अर्ब नजिक

हिमालयन र इन्भेष्टमेण्ट बैंकको मर्जर भाँडिदै, यस्तो छ कारण !

कारबाहीको चेतावनी पाउँदा पनि हिमालयन बैंक मर्जरबाट यसकारण पछि हट्यो

हिमालयन र इन्भेष्टमेण्ट बैंकको मर्जर भाँडिदा थप १ वर्ष सेयर कारोबार रोक्का हुँदै !

हिमालयन र इन्भेष्टमेण्ट बैंकको मर्जर ‘डेडलाइन’ सकियो, मिलाएरै छाड्ने राष्ट्र बैंकको कसरत

एक महिनाभित्र मर्जर सक्ने प्रतिवद्धता सहित राष्ट्र बैंक पुगे हिमालयन र इन्भेष्टमेण्ट बैंक

मर्जर अघि हिमालयन बैंकका सीइओले बिदाइ गरे २१ कर्मचारी

इन्भेष्टमेन्ट बैंकसँग मर्जर नभए झनै राम्रो भन्दा ताली बजाउँछन् हिमालयन बैंकका कर्मचारी

हिमालयन बैंकका सीइओ राणा भन्छन्–‘समस्या छन्, मर्जर हुन पनि सक्छ, नहुन पनि सक्छ’

इन्भेष्टमेण्टसँग मर्जरको विषेश प्रस्ताव सहित हिमालयन बैंकको साधारण सभा पुस ३० गते !

हिमालयन-इन्भेष्टमेण्ट बिग मर्जरमा नयाँ ‘ट्विस्ट’, एकाघरको एकाधिकार हुने कारण देखाएर भाँडिँदै

हिमालयन बैंकले बोलायो साधारणसभा, इन्भेष्टमेन्टसँग मर्जरमा जाने प्रस्ताव पारित होला ?

GBIME

प्रतिक्रिया दिनुहोस्