Shikhar Insurance

बिग एक्विजिसन : नेपाल बंगलादेशको कारोबार रोक्का हुँदा नबिलको किन रोकिँदैन ?

सिंहदरबार संवाददाता
२०७८ पुष ३०, शुक्रबार १४:०४
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई १०० बराबर ४३ को अनुपातमा एक्वायर गर्ने भएसँगै अबदेखि एनबीको कारोबार नहुने भएको छ । दुई संस्थाबीचको बिग एक्विजिसनको सम्झौता भंग नभएको स्थितिमा एनबीको अस्तित्व दोस्रो बजारबाट सकिनेछ ।

कानुनी व्यवस्था अनुसार दुई संस्थाबीच मर्जरको सम्झौता भए दोस्रो बजारमा दुवै कम्पनीको सेयर कारोबार रोक्का हुन्छ । तर, एक्विजिसनको (प्राप्ति)को हकमा विलय हुने संस्थाको मात्र सेयर कारोबार रोकिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थात् बिहीबार एक्विजिसनसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएसँगै आइतबारबाट धितोपत्रको दोस्रो बजारमा एनबीको कारबार हुन छाड्नेछ भने नबिलको कारोबारले निरन्तरता पाउनेछ ।

नबिलले एनबीलाई १०० बराबर ४३ को अनुपातमा एक्वायर गर्ने भएको हो । अर्थात् एनबीको १०० कित्ता सेयर बराबर नयाँ बैंक (नबिल)मा ४३ कित्ता सेयर कायम हुनेछ ।

एनबीलाई नबिलमा विलय गरेपछि नेप्सेमा सूचीकृत १० करोड ८ लाख ५४ हजार कित्ता सेयर ४ करोड ३३ लाख ६७ हजार कित्ता हुनेछ जसका सेयरधनीले मर्जर प्रक्रिया सम्पन्न भएपछिमात्र बेच्न पाउनेछन् ।

नबिलले एक्विजिसन गरेकाले नयाँ बैंकको सेयर मूल्य समायोजन पनि हुँदैन ।

हाल नबिलको सेयर मूल्य प्रतिकित्ता ११ सय १० रुपैयाँ छ भने एनबीको ३ सय ९९ रुपैयाँ छ ।

यसको अर्थ, एनबीको १०० कित्ता सेयर भएका लगानीकर्तासँग ४३ कित्ता हुनेछ । यदी कारोबार खुलेको दिन नबिलको सेयर मुल्य हालकै बराबर कायम रहे एनबीका सेयरधनीलाई करिब ७ हजार ८ सय रुपैयाँ लाभ हुनेछ ।

त्यतिबेलासम्म नबिलको सेयर मूल्य बढे लाभ पनि बढ्नेछ भने नेप्से परिसूचकसँगै नबिलको सेयर मुल्य घटेको खण्डमा एनबीका सेयरधनी मारमा पर्नेछन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्