Shikhar Insurance

सञ्चारमाध्यमले भ्रम छरे, सरकारले समाचारकै भरमा संरचना भत्काएर बतासमाथि अन्याय गर्‍योः महासंघ

सिंहदरबार संवाददाता
२०७८ पुष ३०, शुक्रबार १८:३१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीको मानमर्दन गर्ने कामप्रति आपत्ति जनाएको छ । पछिल्लो समय बतास अर्गनाइजेसनलाई सबै मिलेर नांगेझार गर्ने काम भएकोमा महासंघले यस्तो काम चिन्ताजनक भएको बताएको छ ।

“मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढि हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा भइरहेको चरित्र हत्या र मानमर्दनप्रति नेपाल उद्योग वाणिज्य महासंघ चिन्ता व्यक्त गर्दछ,” महासंघले भन्यो, “पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफेटेरिया संचालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

बतास अर्गनाइजेसनले सरकारले आह्वान गरेको टेन्डरमा कानूनी रुपमा सहभागि भई आवश्यक भाडा बुझाउने शर्तमा क्याफेटेरिया संचालनको अनुमति पाएको महासंघको बुझाइ छ ।सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानुनी र आपराधिक गतिविधि नभएकोतर्फ महासंघले सबैको ध्यानाकर्षण गराएको छ ।

“प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा लिंदैन तर त्यसको सत्यतथ्य खोजी हुनुु पर्छ भन्ने हाम्रो मान्यता छ,” महासंघ भन्छ, “संचारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत होइन ।”

सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेका गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पर्न जाने महासंघको चिन्ता छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्