Shikhar Insurance

दुगडको जन्मोत्सवमा समाजसेवाका काम

सिंहदरबार संवाददाता
२०७८ पुष २८, बुधबार १५:४९
NIMB
Nabil Bank

काठमाडौं । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५औँ जन्मोत्सव विभिन्न समाजसेवी काम गरी मनाइएको छ । ग्रुपले बृहत् रक्तदान कार्यक्रममार्फत ६ सय ६६ युनिट रगत संकलन, ६३ जनाको नि:शुल्क आँखाको शल्यक्रिया, दुई हजार सात सय ३५ वटा बोटबिरुवा वृक्षारोपण, ६४ जना वृद्धाहरूलाई खाना, २५ जना आर्थिक रूपले कमजोर विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको छात्रवृत्ति घोषणा गरी जन्मोत्सवको प्रथम चरण सम्पन्न गरेको हो ।

हालको कोभिड–१९ को संक्रमणको सम्भावनालाई समेत मनन गरी छुट्टै तरिकाले जन्मोत्सव मनाएको ग्रुपले जनाएको छ । भोजभतेर वा अनावश्यक भेटघाटको सट्टा समाजसेवी काम गरी वर्षैभरि जन्मोत्सव मनाउने उद्देश्यले ग्रुपले समाजसेवी कामको पहिलो चरण सम्पन्न गरेको हो । विभिन्न डिपार्टमेन्टल हेडहरूलगायत वरिष्ठ कर्मचारीको सहभागितामा बृहत् छलफलपछि यसप्रकारले जन्मोत्सव मनाइएको ग्रुपले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालमा कोभिड संक्रमण देखिएदेखि नै विभिन्न संघ–संस्थाले समय–समयमा आयोजना गरिरहने रक्तदान कार्यक्रमहरू हुन नसक्दा रगतको निकै अभाव देखिएकाले ग्रुपले देशभरि रहेका आफ्ना शाखाहरूबाट ६ सय ६६ युनिट रगत संकलन गरेको जनाइएको छ । जन्मोत्सवकै पूर्वसन्ध्या पारेर एमभी दुगडको आयोजनामा १८ देखि २३ पुुससम्म सोलुखुम्बु र रामेछापको गोकुलगंगा, रस्नालु, प्रीति उमाकुण्ड, भण्डार हस्पिटल, गुम्देल हेल्थपोस्ट, चौलाखर्क हस्पिटल र एमभी दुगड ग्रुप–हाइड्रो डिभिजन, किन्जा सिटी हाउजिङ गरी ६ स्थानमा निःशुल्क आँखा शिविर गरिएको ग्रुपले जनाएको छ । ज्येष्ठ नागरिक बढी लाभान्वित भएको उक्त शिविरमा नौ सय ५० जनाले आँखा जाँच गरेका थिए । जसमध्ये ६० जनाको मोतियाबिन्दुको र तीनजनाका आँखामा मासु पलाएको समस्याको सफल शल्यक्रिया गरिएको ग्रुपले जनाएको छ ।

त्यसैगरी, दुगडका सम्पूर्ण कर्मचारीले देशव्यापी रूपमै वृक्षारोपण कार्यक्रम आयोजना गरी दुई हजार सात सय ३५ वटा आँप, केरा, लिची, अम्बा, अमला, असोका, तेजपत्ता, निम, पीपल, कपुर, मेवा, धुपी, मलेसियन साल, अनार, सरिफा, रुद्राक्ष, सपाटुलगायतका बोट रोपिएको जनाइएको छ । वृक्षारोपण सार्वजनिक ठाउँहरू, स्कुल, मन्दिरपरिसर, सडकछेउमा, काठमाडौं र हेटौँडा औद्योगिक क्षेत्रपरिसरभित्र, डोलेश्वर महादेव र सम्पूर्ण एमभी दुगडका शाखाहरूमा गरिएको ग्रुपले जनाएको छ । दोस्रो चरणको वृक्षारोपण पनि छिट्टै आयोजना हुने र रोपिएका वृक्षहरूको सही हेरचाहको जिम्मा पनि एमभी दुगड परिवारले नै लिएको जनाइएको छ ।

त्यस्तै, वीरगन्जमा अवस्थित मानवसेवा आश्रमका ६४ वृद्धाहरूलाई वीरगन्ज अवस्थित एमभी दुगड परिवारले खाना खुवाएको जनाइएको छ । ग्रुपका उपाध्यक्ष विवेक दुगडले बुबाको जन्मेत्सवमा सामूहिक पार्टी, भोजभतेरलाई निरुत्साहित गर्दै, उच्च शिक्षा अध्यन पूरा गर्ने सपना बोकेका, तर आर्थिक स्थितिले अध्ययन गर्न नपाएका २५ जना विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको घोषणा गरेको जनाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्