Shikhar Insurance

विकास समितिले भन्योः मेलम्चीको पानी चाँडो ल्याउने वातावरण बनाउ

सिंहदरबार संवाददाता
२०७८ पुष ३०, शुक्रबार २०:५६
NIMB
Nabil Bank

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरूपमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्ने गरी बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले युटिलिटी करिडोरसम्बन्धी विधेयक संसद्मा पेश गर्न पनि निर्देशन दिएको छ । काठमाडौँ उपत्यकालगायतका विभिन्न स्थानमा खानेपानी सेवा विस्तारका लागि भइरहेका काममा अरु निकायबाट आवश्यक समन्वय नभएको र खानेपानीका संरचनामा क्षति पु¥याएको भन्दै समितिले क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउन व्यवस्था मिलाउन पनि भनेको छ । मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको अवस्थामा वैकल्पिकरूपमा प्रस्ताव गरिएको सिस्नेरी खानेपानी आयोजनालाई यथाशीघ्र्र कार्यान्वयनमा ल्याउन पनि निर्देशन गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिले निर्माणाधीन कतिपय खानेपानी आयोजनामा २० प्रतिशत जनश्रमदान गर्नुपर्ने व्यवस्थाका कारण आयोजना अलपत्र परेको भन्दै कार्यान्वयन हुन सक्ने वैकल्पिक नीतिगत व्यवस्था मिलाई आयोजना सम्पन्न गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्या र यसको दीर्घकालीन समाधानका विषयमा समितिका सदस्य, सचिवालयका कर्मचारी, खानेपानी मन्त्रालय र विज्ञसहित अन्तरक्रिया गर्ने निर्णय गरिएको छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले आगामी चैतभित्रमा काठमाडौँ उपत्यकामा पुनः पानी ल्याउने गरी तयारी अघि बढाइएको बताए । अहिले निर्माणको काम गरिरहेको कम्पनीको अवधि सकिएको र उसको अवधि थपेर जाँदा नै काम गर्न सजिलो हुने उनको भनाइ छ ।

समितिका सभापति कल्याणीकुमारी खड्काले काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको विकल्पको खोजी गर्नुपर्नेमा जोड दिइन । समितिका सदस्य रङ्गमती शाही, यज्ञराज सुनुवार, गजेन्द्रबहादुर महत, बिना श्रेष्ठ, दुर्गा पौडेल, बहादुरसिंह लामालगायतले शहरी क्षेत्रका नागरिकले नै गुणस्तरीय खानेपानी नपाएको र ग्रामीण क्षेत्रमा यो झन ठूलो समस्याका रूपमा रहेको बताएका थिए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्