Shikhar Insurance

साताको पहिलो दिन नेप्सेमा हरियालीः ६९ अंककाे वृद्धि

सिंहदरबार संवाददाता
२०७८ माघ २, आईतवार १६:३९
NIMB
Nabil Bank

काठमाडाैं । साताको पहिलो कारोबार दिन नेप्सेमा ६९ अंकको उछाल देखिएको छ ।कारोबारमा आएको सबै उपसमुहगत सूचकमा हरियाली छाउँदा नेप्सेमा उच्च अंकको वृद्धि देखिएको हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पूँजी बढ्दै गएपछि बैंकहरुले माघ महिनाका लागि ब्याजदर बढाएका छैनन् । बैंकिङ्ग प्रणालीमा रहेको तरलता अभाव हट्न थालेपछि सेयर बजारमा चमक छाएको हो । कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै जाँदा समेत बजार वृद्धिमा टेवा पुगेको छ । संक्रमण बढ्दा लगानीका अन्य क्षेत्र संकुचित हुने र सेयर बजारमा लगानी एकिकृत हुने आंकलनका साथ लगानीकर्ताहरुले सेयर बजारमा लगानी बढाउन थालेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

आइतबार नेप्से ६९ अंकले बढेर २९२६.७४ बिन्दुमा पुगेको छ । आज २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँ पुगेको छ । गत बिहीबार ६ अर्ब ६६ करोड ९७ लाखको सेयर कारोबार भएकोमा आइतबार कारोबार रकम ३ अर्बले बढेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्