Shikhar Insurance

भिभो भी२३ई मोबाइल नेपाली बजारमा, ५० मेगापिक्सेल एएफ पोर्ट्रेट सेल्फी

सिंहदरबार संवाददाता
२०७८ माघ २, आईतवार १७:२६
NIMB
Nabil Bank

काठमाडौं । भिभोले भर्खरै आफ्नो भी२३ई स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने सुनिश्चित गरेको छ। भी२१ सिरिजको सफलतालाई मध्यनजर गर्दै सबैजना भिभोको आगामी भी सिरिज स्मार्टफोन नेपालमा आउने प्रतीक्षामा रहेका छन्। लीकस्टर (मोबाइललगायतका इलेक्ट्रोनिक्स सामानहरु सार्वजनिक नहुँदै तिनिहरुका स्पेसिफिकेसन लीक गर्ने व्यक्ति) हरुको थुप्रै अफवाहपछि भिभोले अन्ततः सामाजिक सञ्जालमा पहिलो पोस्टर सार्वजनिक गर्दै भी२३ई नेपालमा छिट्टै उपलब्ध हुने सुनिश्चित गरेको हो ।

भिभोको भी सिरिज स्मार्टफोन नेपालका उपभोक्ताले रुचाउँदै आएका छन्। अब्बल फोटोग्राफी, उत्कृष्ट डिजाइन होस् वा आश्चर्यजनक पर्फर्मेन्स सबै विधामा भिभोको भी सिरिज अपेक्षा गरेभन्दा उत्कृष्ट ठहरिँदै आएको छ।
इनोभेटिभ तथा उपभोक्तालक्षित ब्रान्ड भएका कारण भिभोले सधैं आफ्ना प्रयोगकर्ताका लागि केही न केही अद्वितीय र उपयोगी फिचर ल्याउने गरेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

भी२३ई का विशेषता यसप्रकार रहनेछनः
यो डिभाइसमा स्टेलर क्यामरा आउन सक्नेछ। यसमा ५० मेगापिक्सेलकै अटो फोकस पोर्ट्रेट सेल्फी फिचर पनि रहने र यसमार्फत् उच्च गुणस्तरको सफा र स्पस्ट फोटो खिच्न सकिनेछ। यसैकारण यो स्मार्टफोन फोटो तथा भिडियोका रुपमा आफ्ना जीवनका अविस्मरणीय क्षणहरु कैद गर्न चाहने उपभोक्ताका लागि उत्कृष्ट विकल्प हुन सक्ने हाम्रो ठम्याई छ।

भिभको भी२३ई क्यामराका हिसाबले मात्र उत्कृष्ट छैन बरु यसको डिजाइन पनि अद्वितीय र समयसापेक्ष रहेको छ। भिभोले सामाजिक सञ्जाल ह्याण्डल तथा आफ्नो वेबसाइटमा सार्वजनिक गरेको टिजर फोटो अनुसार यो डिभाइस प्रयोगकर्ताका लागि हेर्दा आकर्षक देखिने तथा आनन्दित तुल्याउने ज्यादै पातलो अर्थात् अल्ट्रा स्लिम तथा आकर्षक रहेको देखिएको छ।

भिभोले आउँदै गरेको नयाँ भी२३ई लयागत सबै भी सिरिजका स्मार्टफोनको ब्राण्ड एम्बेस्डरका रुपमा प्रदीप खड्कालाई नै निरन्तरता दिनेछ। यो साझेदारीले यी स्मार्टफोनका सबै उत्कृष्ट फिचरहरुलाई युवावर्गसँग जोड्न तथा भिभो भी२३ई को बजार अझ मजबुत बनाउन मद्दत गर्नेछ।
भिभोले नेपालमा यो डिभाइस सार्वजनिक गर्नका लागि दराजसँग सहकार्य गरेको छ। यो डिभाइस जनवरी १६ देखि १९ भित्र अनलाइनमार्फत् प्रि–बुकिङ गर्न सकिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्