Shikhar Insurance

तिलौराकोट संरक्षित स्मारक क्षेत्र घोषणा, विश्वसम्पदा सूचीमा २५ वर्षमा पनि परेन

सिंहदरबार संवाददाता
२०७८ माघ २, आईतवार १८:४६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल सरकारले प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौरोकाट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुस ३० गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय भएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेपश्चात कुदान, गोटिहवा, निग्लीहवा, अरौराकोट, सगरहवा र सिसनियालाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गरी प्राचीन शाक्यहरूको राजधानी कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा राख्ने योजना रहेको पुरातत्व विभागले बनाएको छ ।

सन् १९९७ मा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनोस्कोमा पहलको सुरुवात गरिएको तर २५ बितिसक्दा समेत सूचीकृत गर्न भने सकिएको छैन ।

सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा ज्ञानका लागि राजकीय जीवन तथा कपिलवस्तु दरबार त्याग गरेका थिए ।

२४९ इसापुर्वमा तत्कालीन चक्रवर्ती सम्राट असोकले भगवान गौतम बुद्धको जन्मस्थान लुम्बिनी तथा तिलौरोकाट कपिलवस्तु क्षेत्रको भ्रमण तरी यस क्षेत्रको कर माफ गरेको वृतान्त लुम्बिनीमा रहेको असोक स्तम्भमा उल्लेख छ ।

पाँचौं शताब्दीमा प्रसिद्ध चिनियाँ यात्री फा हेन तथा सातौँ शताब्दीमा ह्वाइङ स्याङ ले लुम्बिनी तथा तिलौराकोट दरवारको भ्रमण गरेको विवरण यात्रा वृतान्तमा उल्लेख गरेका थिए ।

सन् १८९९ मा पुरातत्वविद् पूर्णचन्द्र मुखर्जीले यस क्षेत्रमा उत्खनन गरेपश्चात यसको महत्व अझै बढेर गएको हो ।

तिलौराकोटमा प्रसिद्ध पुरातत्वविद् देवला मित्र, तारानन्द मिश्र, बालकृष्ण रिजाल र रबिन कनिङ्गघमले पनि उत्खनन गरेका छन् ।

उत्खननबाट तिलौराकोटमा दरवारका लागि आवस्यक सुरक्षा पर्खाल, पश्चिमी र पूर्वी भागमा प्रवेसद्वार, केन्द्रीय संरचना परिसर, मध्यभागमा पोखरी, किल्ला, जोडी स्तूप, विहार र प्राचीन औद्योगिक क्षेत्र र प्राचीन शहरको प्रमाण भेटिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्