Shikhar Insurance

जाँड खाएर कर्मचारी कुट्ने सीईओ रेग्मीले सुन तस्करी गरेको खुलासा

सिंहदरबार संवाददाता
२०७८ माघ ३, सोमबार १०:३३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले सुन तस्करी गरेको पाइएको छ । त्रिभुवन भन्सार कार्यालयका अनुसार रेग्मीले बिस्कुट आकारको ६ थान सुन भन्सार छलेर ल्याएका हुन् ।

रेग्मीले कतार एयरलाइन्सको क्यूआर ७३० नम्बरको विमानबाट नेपाल आउँदा जम्मा ३० ग्राम सुन अवैध रूपमा ल्याएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

भन्सार कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै रेग्मीलाई बिगो बमोजिम १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ जरिवाना तिराउने निर्णय भएको जानकारी गराएको छ ।

रेग्मीले भन्सार ऐन २०६४ को दफा २ (च) तथा दफा ५७ (१) बमोजिम सुन चोरी पैठारी गरी ल्याएको ठहर गरिएको छ ।

बोर्डका सीईओ रेग्मी निकै विवादास्पद व्यक्ति हुन् । मन्त्री प्रेम आलेसँग टर्म नमिलेका रेग्मीले मदिरा सेवन गरी विमानस्थलका भन्सार कर्मचारीमाथि हातपात गरेको घटना पनि सार्वजनिक भइसकेको छ । रेग्मीलाई जँडिया सीईओ भन्ने गरिएको छ । मन्त्री प्रेम आलेले उनको प्रवृत्तीलाई साँढेको संज्ञा दिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्