Shikhar Insurance

सिटिजन्स बैंकको जनकपुर विद्यापति शाखा आफ्नै भवनमा सर्‍यो, प्रिभिलेज काउन्टर पनि सुरु

सिंहदरबार संवाददाता
२०७८ माघ ३, सोमबार ११:१९
NIMB
Nabil Bank

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनलले विद्यापती चोक, जनकपुरमा आफ्नै सुविधा सम्पन्न भवनबाट बैंकिङ सेवा दिन थालेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सोमबार भवनबाट बैंकिङ्ग कारोबार सञ्चालनको सुरुवात गरे ।

करिव ३७६७ वर्ग फिटमा फैलिएको उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति थियो । हाल धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ४ मा संचालनमा रहेको विद्यापती चोक शाखा अब हालको भवनबाट करिब ३०० मिटरको दूरीमा रहेको बैंकको आफ्नै भवनमा स्थानान्तरण भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सुविधा सम्पन्न यस शाखाबाट ग्राहकहरूलाई प्राथमिकतामा राख्दै प्रिभिलेज काउन्टर समेत सुरुवात गरिएको छ । शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्