Shikhar Insurance

बाणिज्य बैंकहरुले एक हप्तामा १७ अर्ब निक्षेप उठाएर ३५ अर्ब कर्जा बाढे

सिंहदरबार संवाददाता
२०७८ माघ ३, सोमबार १५:४६
NIMB
Nabil Bank

काठमाडौं । बाणिज्य बैंकहरुले एक हप्तामा १७ अर्ब रुपैयाँले निक्षेप उठाएर ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । २७ बाणिज्य बैंकहरुले पुस २३ गतेदेखि पुस ३० को अवधीमा १७ अर्ब रुपैयाँ निक्षेप बढाएर ३५ अर्ब रुपैयाँ कर्जा वितरण गरेका हुन् ।

नेपाल बैंकर्स संघका अनुसार पुस २३ देखि ३० गतेको एक हप्ताको अवधीमा १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । कर्जा भने ३५ अर्ब कर्जा प्रवाह भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पुस २३ गते ४३ खर्ब ७ अर्ब निक्षेप थियो भने पुस ३० गते ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । पुस २ गते ४१ खर्ब ८ अर्ब रहेको ऋण लगानी पुस २३ गते आईपुग्दा ४१ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको हो ।

बाणिज्य बैंकहरुको पुस २ गतेसम्म निक्षेप ४२ खर्ब ३९ अर्ब रुपैयाँ थियो । त्यस्तो निक्षेप पुस ३० गते ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । अर्थात २८ दिनमा बाणिज्य बैंकहरुको निक्षेप ८५ अर्ब रुपैयाँले वृद्धि भएको छ । उता, कर्जा भने ७८ अर्ब रुपैयाँले बढेको छ ।

पुस २ गते ४० खर्ब ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा पुस ३० गते सो कर्जाको मात्रा ४१ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्