Shikhar Insurance

बैंकहरुले सीएसआरको पैसा जथभावी खर्च गर्न थालेपछि कडाई गर्दै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७८ माघ ३, सोमबार १६:४१
NIMB
Nabil Bank

काठमाडौं । बैंक तथा वित्तिय संसथहरुले संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर)को रकम जथाभावी खर्च गर्न थालेपछि नेपाल राष्ट्र बैंकले कडाई थालेको हो । बैंकहरुले आफ्नो नाफाको एक प्रतिशत रकम सीएसआरमा राख्ने व्यवस्था छ र सो रकम प्रत्येक प्रदेशमा न्युनतम १० प्रतिशतका दरले खर्च गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा छ । तर बैंक तथा वित्तिय संस्थाका सञ्चालक तथा उपल्लो तहको व्यवस्थापन टिमले आफु अनुकुल क्षेत्रमा सीएसआरको रकम खर्च गर्न थालेपछि राष्ट्र बैंकले कडाई सुरु गरेको हो ।

‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०७८’ प्रस्ताव अघि सार्दै राष्ट्र बैंकले सुझाव मागेको छ । ३५ दिनभित्र प्राप्त सुझावहरुका आधारमा आवश्यक परिमार्जन गरि मार्गदर्शन कार्यान्वयनमा लगिनेछ । राष्ट्र बैंकले शिक्षा, स्वास्थ्य, वित्तिय साक्षरता, वातावरण, पूर्वाधार लगायतका क्षेत्रमा सीएसआरको रकम खर्च गर्न सकिने बताएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नपर्ने कार्य भनेर सञ्चालकहरुलाई आफुखुसी खर्च गर्न बन्देज लगाएको हो ।

–संस्थाको ब्राण्ड प्रवद्र्धन तथा बजार विस्तार गर्ने हेतुले गरिएका बजारीकरण अभियान,
–विभिन्न कार्यक्रमहरुको प्रायोजन, राजनैतिक दलका कार्यक्रमलाई गरिएको सहयोग,
–नाफामूलक कार्य, शुल्क लिई गरिएका कार्यक्रम, ¥याली तथा विज्ञापन जस्ता कार्यहरुमा
गरिएको खर्च ।
–संस्थापक शेयरधनी, संचालक समितिका सदस्य तथा उच्च व्यवस्थापन तहका पदाधिकारी
सम्बद्ध संस्थामा गरिएका खर्च ।
व्यापार विस्तारको शर्त राखी गरिएका खर्च ।

GBIME

प्रतिक्रिया दिनुहोस्