Shikhar Insurance

इन्धन किनेको पैसा तिर्न निगमलाई २ अर्ब रूपैयाँ अभाव, तेलको हाहाकार हुने सम्भावना

सिंहदरबार संवाददाता
२०७८ माघ ३, सोमबार १९:४०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगम इन्धन किनेको पैसा तिर्न नसक्ने स्थितिमा पुगेको छ । लामो समयदेखि घाटामा चल्दै आएको निगम जनवरी २३ तारिखमा तिर्नुपर्ने १४ अर्ब रूपैयाँ किस्ता तिर्न नसक्ने स्थितिमा पुगेको छ ।

निगमले सञ्चित मुनाफाबाट तेल किन्दै आएको थियो । तर, सो सञ्चित मुनाफा कोष पनि रित्तिएपछि निगमलाई तेल किनेको पैसा तिर्नै धौ धौ हुने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

इन्डियन आयल निगमबाट हिजो प्राप्त मुल्यसूचीअनुसार निगमलाई १५ दिनमा २ अर्ब २४ करोड रूपैयाँ घाटा छ ।

उपभोक्तालाई भार नपार्ने हेतुले अन्तर्राष्ट्रिय बजारमा कायम कच्चा तेलको मूल्य अनुसार नेपाली बजारमा भाउ कायम नगर्दा निगम तेल किन्नै नसक्ने स्थितिमा पुगेक‍ हो ।

निगमले पेट्रोलमा प्रतिलिटर १८ रूपैयाँसम्म र ग्यासमा प्रतिसिलिन्डर ७ सय रूपैयाँसम्म घाटा खाएर तेल बेच्ने गरेको थियो । अब, अन्तर्राष्ट्रिय बजारमा कायम अनुसार नेपालमा मूल्य समायोजन नगरे नेपाली बजारामा इन्धनको हाहाकार हुन सक्नेछ । वा, सरकार कर छुट वा तेलको पैसा भुक्तानीका लागि नगद दिनुपर्नेछ ।

निगम आफ्नै बलबुतामा तेल किनेको पैसा तिर्न सक्ने हुन पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५० रूपैयाँ, डिजेलको १ सय २८ रूपैयाँ तथा ग्यासको मूल्य प्रतिसिलिन्डर २२ सय २१रूपैयाँ कायम गर्नुपर्नेछ ।

अहिले निगममा कार्यकारी नेतृत्व पद रिक्त छ । सोहीकारण पछिल्लो समय तेलक‍ो मूल्य समाय‍ोजन हुन सकेको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्