Shikhar Insurance

सबैभन्दा पहिले वित्तीय विवरण सार्वजनिक गरेको कामना सेवाले ६ महिनामा कति कमायो नाफा ?

सिंहदरबार संवाददाता
२०७८ माघ ४, मंगलवार १२:०८
NIMB
Nabil Bank

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विकास बैंक तर्फ पहिलो बन्ने दौडमा रहेको कामना सेवाले सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार ६ महिनामा ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यद्यपी बैंकले गत आर्थिक वर्षको पुस मसान्त अवधीमा ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

६ महिनामा कामना सेवाको वितरण योग्य नाफा ९ करोड ६७ लाख रुपैयाँ रहेको छ। बैंकले खुद ब्याज आम्दानी ६८ करोडबाट बढाएर ९० करोड रुपैयाँ पुर्याएको छ । निक्षेप ४४ अर्बबाट बढाएर ४७ अर्ब रुपैयाँ पुर्याएकोे बैंकले कर्जा लगानी ३८ अर्बबाट बढाएर ४३ अर्ब रुपैयाँ पुरयाएको छ ।

३ अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिभर्जमा ९४ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २१ रुपैयाँ ८७ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २ पैसा रहेको छ। बैंकको स्प्रेडदर ४.१२ प्रतिशत छ भने आधार ब्याजदर ९.२७ प्रतिशत छ । कामना सेवाको कस्ट अफ फण्ड भने ७.२४ प्रतिशत छ । बैंकको खराब कजर्वा भने १.७७ प्रतिशत मात्रै छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्