Shikhar Insurance

बीमा समितिका सञ्चालक ओली एमाले प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा निर्वाचित

सिंहदरबार संवाददाता
२०७८ माघ ४, मंगलवार १२:२२
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिको सञ्चालकको जिम्मेवारीमा रहेका कपिलदेव ओली एमाले प्रदेश १ सम्पर्क कमिटीको अध्यक्ष बनेका छन् । बीमा समितिको सञ्चालकका रुपमा दोश्रो कार्यकाल जिम्मेवारी सम्हालिरहेका ओलीलाई नेकपा(एमाले)ले प्रदेश १ सम्पर्क कमिटीको अध्यक्ष बनाएको हो ।

झापाका ओलीलाई केपी ओली नेतृत्वको सरकारले बीमा समितिको विज्ञ सञ्चालक नियुक्त गरेको हो । ओली एण्ड एसोसियट्सका मालिक समेत रहेका ओलीले आफुलाई प्रदेश १ को सम्पर्क कमिटी अध्यक्ष निर्वाचित गराएको भन्दै नेताहरुलाई धन्यवाद दिएका छन् ।

पछिल्लो समय ओलीलाई बीमा समिति सञ्चालकबाट हटाउन अर्थमन्त्री जनार्दन शर्मा माथि तिब्र दबाव छ । ओलीले सञ्चालकका रुपमा बीमा समितिको गाडी समेत प्रयोग गर्दै आईरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्