Shikhar Insurance

चालु आवमा २ अर्ब रुपैयाँ खुद नाफा गर्ने पहिलो बैंक बन्यो एनआईसी, नबिललाई ग्लोबलले उछिन्यो

५ महिनामा कुन बैंकको नाफा कति ?
सिंहदरबार संवाददाता
२०७८ माघ ४, मंगलवार १३:१२
NIMB
Nabil Bank

काठमाडौं । एनआईसी एशिया बैंकले ५ महिनामै २ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । चालु आवमा २ अर्ब नाफा कटाउने एनआईसी एशिया पहिलो बैंक बनेको हो ।

कात्तिक मसान्तसम्म बैंकले १ अर्ब ५९ करोड ९९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । मंसिर मसान्तसम्म बैंकको खुद नाफा २ अर्ब ४० लाख रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मंसिरसम्मको तथ्यांकअनुसार बढी नाफा कमाउनेको सूचीमा ग्लोबल आईएमई बैंक दोस्रो तथा नबिल बैंक तेस्रो स्थानमा छ । दुई बैंकको नाफा क्रमशः १ अर्ब ९६ करोड रुपैयाँ तथा १ अर्ब ८९ करोड रुपैयाँ छ ।

कात्तिकसम्म यी बैंकले समान १ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा गरेका थिए ।

मंसिर मसान्तसम्म राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा १ अर्ब ८८ करोड रुपैयाँ छ भने बढी नाफा कमाउने पाँचौं बैंक प्राइम कमर्सियल बैंक हो । बैंकको नाफा १ अर्ब ५० करोड रुपैयाँ छ । मंसिरसम्म प्रभु, एनएमबि, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट, मेगा र नेपाल बैंकले १ अर्ब रुपैयाँ भन्दा खुद मुनाफा गरेका छ ।

मंसिरसम्म कुन वाणिज्य बैंकको नाफा कति ?

यस्तै विकास बैंकहरुमध्य मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी ४६ करोड रुपैयाँ नाफा गरेको छ । यस्तै गरिमा विकास बैंकले ३४ करोड रुपैयाँभन्दा बढी कमाउँदा ज्योति विकास बैंकको खुद मुनाफा करिब ३४ करोड रुपैयाँ छ ।

चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । मंगलबार बिहान वित्तीय विवरण सार्वजनिक गर्दै कामना सेवा विकास बैंक पहिलो बनेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्