Shikhar Insurance

२०७९ सालमा विवाहका ५६ लगन, कुन महिना कति ?

दसैंको टिका असोज १९ गते
सिंहदरबार संवाददाता
२०७८ माघ ४, मंगलवार १६:०३
NIMB
Nabil Bank

काठमाडौं । वि.सं. २०७९ मा विवाहका लागि ५६ लगन जुरेका छन् । पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार वैशाखमा सर्वाधिक १७ सहित ५६ लगन जुरेका हुन् ।

२०७८ मा बिहेका लागि ३१ लगन मात्रै थिए । तर, २०७९ ले अविवाहितलाई लगनगाँठोमा कस्ने थप अवसर ल्याएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिका अनुसार जेठमा ११ दिन, असारमा ५ दिन, मंसिरमा ८ दिन, माघमा ६ दिन, फागुनमा ९ दिन विवाहको लगन छन् ।

यस्तै व्रतबन्धको लागि वैशाख, जेठ, असार, मंसिर, माघ र फागुनमा २–२ तथा र चैतमा एक दिन लगन रहेको समितिले जनाएको छ ।

समितिले तयार पारेको पात्रो अनुसार २०७९ सालको दशैंको टीका असोज १९ गते परेको छ ।

समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृति समेत दिइसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्