Shikhar Insurance

५५ औं बार्षिकोत्सवमा कृषि विकास बैंकको छुटै छुट अफर

सिंहदरबार संवाददाता
२०७८ माघ ४, मंगलवार १८:२९
NIMB
Nabil Bank

काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५५ औं बार्षिकोत्सवको अवसरमा सेवा ग्राहीहरुलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवाहरुमा आकर्षक छुट प्रदान गर्ने निर्णय गरेको छ । बैंकले मिति २०७८ माघ ७ गते देखि फागुन ७ गते सम्म बैंकमा खाता भएका तर हाल सम्म मोवाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, भिसा डेविटकार्ड, डिम्याट,सि–आश्वा, मेरो शेयर र लकर सेवा नलिएका ग्राहकलाई नविकरण दस्तुरमा ५० प्रतिशत छुट दिने भएको हो ।

साथै २०७८ माघ ७ गते देखि फागुन ७ गते सम्म नयाँ खाता खोली ति सेवा लिने ग्राहकहरुलाई समेत सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको हो । त्यस्तै, चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकहरुलाई लकर सेवामा ७५ प्रतिशत सम्म छुट दिने व्यवस्था गरेको छ । बैंकले आफ्नो कर्पाेरेट कार्यालयबाट चेक बिनै नगद झिक्न मिल्ने क्युआर टेलर सेवा आरम्भ गरिसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्