Shikhar Insurance

पालुङका ६३ विद्यार्थीलाई महालक्ष्मी विकास बैंकको ज्याकेट

सिंहदरबार संवाददाता
२०७८ माघ ४, मंगलवार १८:३८
NIMB
Nabil Bank

मकवानपुर । महालक्ष्मी विकास बैंकले पालुङ–७ डाँडाबासस्थित सुन्दरीदेवि माविका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको छ । एक शाखा एक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकको पालुङ शाखाले सो विद्यालयका ६४ जना विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको हो । बैंकको पालुङ शाखाका शाखा प्रबन्धक संगिता बज्राचार्यले बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिन् ।

जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिनुले दैनिक पठनपाठनमा र विद्यालय संचालनमा सहयोग पु¥याएको बताउदै विद्यालय प्रधानाध्यापक प्रताप सिह गोलेले बैंकले गरेको सहयोग प्रति धन्यवाद दिए । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले प्रदेश नं १ मा ५, मधेश प्रदेश मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई वित्तिय सेवाहरु दिईरहेको छ । “सबल बैंक, सफल सहकार्य” को नारा मार्फत बैंकले विगत २७ वर्ष देखि वित्तिय सेवा प्रदान गर्र्द आईरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्