Shikhar Insurance

भारतलाई तिर्ने पैसा पनि नभएपछि इन्धनको भाउ बढाइयो, १५ दिनमा अझै करिब २ अर्ब घाटा कसरी सहला ?

सिंहदरबार संवाददाता
२०७८ माघ ५, बुधबार २०:११
NIMB
Nabil Bank

काठमाडौं । सरकारले इन्धनको भाउ बढाएको छ । नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुने गरी इन्धनको मूल्य समायोजन गरेको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३-३ रूपैयाँले बढाएको हो । ग्यासको मूल्य भने यथावत राखिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

घाटा सहेर बेच्दा भारतलाई तिर्ने पैसा पनि नहुने स्थिति भएपछि निगमले भाउ बढाएको हो । मूल्य बढाए पनि निगमलाई १५ दिनमा १ अर्ब ८८ करोड रूपैयाँ घाटा हुनेछ ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३९ रूपैयाँ तथा डिजेल र मट्टितेलको १ सय २२ रूपैयाँ पर्नेछ ।

यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर १०० अमेरिकी डलरले बढाएर १ सय ६ रूपैयाँ र ९९५ डलर पुर्‍याइएको छ ।

तेलको मूल्य कात्तिक २४ यता अर्थात् ४० दिनपछि समायोजन गरिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्