Shikhar Insurance

लोक सेवाकाे परीक्षा माघ मसान्तसम्म स्थगित

सिंहदरबार संवाददाता
२०७८ माघ ६, बिहीबार १६:४०
NIMB
Nabil Bank

काठमाडौं । कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ ।

आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएको लोक सेवा आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।

देशभर कोरोना संक्रमणको दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गर्नुपर्ने दबावमा थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्