Shikhar Insurance

शिखर इन्स्योरेन्सलाई ३०% र आईएमई जनरललाई ४०% राइट सेयर जारी गर्ने अनुमति

सिंहदरबार संवाददाता
२०७८ माघ ६, बिहीबार १७:२८
NIMB
Nabil Bank

काठमाडौं । शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने अनुमति पाएका छन् । शिखरले ३० प्रतिशत र आईएमई जनरलले ४० प्रतिशत राइट सेयर जारीको अनुमति पाएका हुन् ।

नेपाल धितोपत्र बोर्डले बिहीबार शिखरलाई १० बराबर ३ को अनुपात र आईएमई जनरललाई १० बराबर ४ को अनुपातमा राइट जारीको अनुमति दिएको हो । जसअनुसार शिखरले चुक्तापुँजीको ३० प्रतिशत अर्थात् ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता र आईएमई जनरलले ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद जारी गर्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

शिखरको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल हो भने आईएमई जनरलको ग्लोबल आईएमई क्यापिटल हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्