Shikhar Insurance

उपत्यकामा जोर बिजोर प्रणाली सुरु, अघोषित लकडाउनको नीतिमा सरकार

सिंहदरबार संवाददाता
२०७८ माघ ६, बिहीबार २०:४४
NIMB
Nabil Bank

काठमाडौं । उपत्यकाका तीन जिल्लामा जोर बिजोर प्रणाली लागु भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरि जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।

अब जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर नम्बरका सवारी साधन मात्रै गुडाउन पाइनेछ । यो नियम सार्वजनिक र निजी दुबै सवारी साधनमा लागु भएको हो ।कोरोना संक्रमण निरन्तर बढेपछि सरकारले स्मार्ट लकडाउनका नाममा अघोषित लकडाउनको नीति अख्तियार गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्